बागलुङ, फागुन २१ गतेका हुने प्रतिनिधि सभा निर्वाचनका निम्ती बागलुङ दुई वटै क्षेत्रमा २३ जनाले उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार मंगलबार विहान १० बजे देखी ५ बजे सम्मका लागि मनोनयन दर्ताको समय रहेको थियो । उक्त समयमा बागलुङ क्षेत्र नं. १ मा ११ जनाले र क्षेत्र नं. २ मा १२ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन । मुख्य निर्वाचन कार्यालयका अनुसार दर्ता भएका सवै उम्मेदवार राजनितिक दलबाट प्रतिनिधित्व गरेका छन ।
क्षेत्र नं. १ मा नेपाल मानवताबादी पार्टीका भक्तबहादुर विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका कल्याण आचार्य, मंगाल नेशनल अर्गनाईजेशनका गुमा कुमारी बुढा राना मगर, राष्ट्रिय स्वतन्त्र पार्टीका शुशिल खड्का, नेपाल कम्युनिष्ट पार्टी एमालेका हिरा बहादुर केसी, प्रगतिशल लोकतान्त्रीक पार्टीका चित्रप्रसाद सापकोटा, नेपाली काँग्रेसका भिमबहादुर श्रीस रानाले मनोनयन दर्ता गराएको सहायक निर्वाचन अधिकृत पुर्ण प्रसाद शर्माले जानकारी दिए ।
त्यसैगरी नेशनल रिपब्लिक नेपालका सहविर थापा, राष्ट्रिय जनमोर्चा पार्टीका कृष्ण प्रसाद शर्मा अधिकारी, श्रम संस्कृति पार्टीका लालबहादुर घर्ति र नेपाल कम्युनिष्ट पार्टी माओबादीका टेकबहादुर केसीले उम्मेदवारी दर्ता गराएका छन ।
मुख्य निर्वाचन कार्यालयले सोमबार सर्वदलिय बैठक राखेर दलहरुलाई समय निर्धारण गरेको थियो । सोही समय अनुसार दलहरुले आफ्ना उम्मेदवारहरुको मनोनयन दर्ता गराएका थिए ।
बागलुङ क्षेत्र नं. २ मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन । बागलुङ २ मा २२ जनाको उम्मेदवारी दर्ता
आगामी फागुन २१ गतेका हुने प्रतिनिधि सभा निर्वाचनका निम्ती बागलुङ क्षेत्र नं. २ मा १२ वटा दलको उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार मंगलबार विहान १० बजे देखी ५ बजे सम्मका लागि मनोनयन दर्ताको समय रहेको थियो ।
उक्त समयमा १२ राजनीतिक दलका १२ जना उम्मेदवारीले आफ्नो मनोनयन दर्ता गराएका छन । क्षेत्र नं. २ मा नेपाली काङ्ग्रेसका टेकराज पौडेल, नेकपा एमालेका मञ्जु शर्मा चालिसे, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अनिल शर्मा गैरे, राष्ट्रिय स्वतन्त्र पार्टीका सोम शर्मा ,श्रम संस्कृर्ति पार्टीका हर्क बहादुर पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अञ्चल शाही, नेकपा माओवादीका लोकेन्द्र घिमिरेले उदमेद्वारी दर्ता गर्नुभएको छ ।
त्यस्तै प्रगतिशील लोकतान्त्रीक पार्टीका पदम कुवँर, नेपाल मानवतावादी पार्टीका टेक प्रसाद कामी, मङ्गोल नेशलन अर्गनाइजेशन बाट जुन बहादुर थापा मगर,जनता समाजवादी पार्टीका पूर्ण बहादुर घर्ति र नेशनल रिपब्लिक पार्टीका नर बहादुर बुढाले उम्मेद्वारी दर्ता गर्नुभएको निर्वाचन अधिकृत भिम प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
निर्वाचन कार्यालयले सोमबार सर्वदलीय बैठक राखेर दलहरूलाई समय निर्धारण गरेको थियो । सोही समय अनुसार दलहरूले आफ्ना उम्मेदवारहरूको मनोनयन दर्ता गराएका थिए
बागलुङ २ मा १२ राजनीतिक दलका १२ जना उम्मेदवारीले आफ्नो मनोनयन दर्ता गराएका छन । यस क्षेत्रमा नेपाली काङ्ग्रेसका टेकराज पौडेल, नेकपा एमालेका मञ्जु शर्मा चालिसे, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अनिल शर्मा गैरे, राष्ट्रिय स्वतन्त्र पार्टीका सोम शर्मा ,श्रम संस्कृर्ति पार्टीका हर्क बहादुर पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अञ्चल शाही, नेकपा माओवादीका लोकेन्द्र घिमिरेले उदमेद्वारी दर्ता गरेका छन ।
त्यस्तै प्रगतिशील लोकतान्त्रीक पार्टीका पदम कुवँर, नेपाल मानवतावादी पार्टीका टेक प्रसाद कामी, मङ्गोल नेशलन अर्गनाइजेशन बाट जुन बहादुर थापा मगर,जनता समाजवादी पार्टीका पूर्ण बहादुर घर्ति र नेशनल रिपब्लिक पार्टीका नर बहादुर बुढाले उम्मेद्वारी दर्ता गर्नुभएको निर्वाचन अधिकृत भिम प्रसाद सुवेदीले जानकारी दिए ।