बागलुङ- बागलुङमा विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित २५ जना घाइते भएका छन् । विहिबार दिउँसो ४।३० बजे बागलुङ नगरपालिका– ३ हाडेपाखा मध्यपहाडी लोकमार्ग सडकबाट ग ३ च ८६२१ नम्बरको भ्यान दुर्घटना भएको हो । बागलुङ नगरपालिका –१ रामरेखाको न्यू एभरेष्ट बोडिङ स्कुलका विद्यार्थी बोकेको भ्यान सडक बाट करिब ६० मिटर खसेको थियो ।
दुर्घटना पछि तत्काल उदार गरेर घाईतेलाई धौलागिरी अस्पताल बागलुङमा उपचारका लागि ल्याईएको थियो । घाईते भएका अमन बोहोराको उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । अन्य घाईतेको पनि सनाखत भएको छ । घाईते हुनेमा विद्यार्थी अनिता किसान, अलिना किसान, मुस्कान किसान, रोविन्स किसान, निक्सम वोहोरा, उमंग किसान, सुमित गैरे, अनिस वोहोरा, अनन्या किसान, रोशनी बोहोरा, सुप्रिया किसान, सान्वी किसान, शिव किसान, समिक्षा गैरे, सेमुल थापा, निश्मा खड्का, आयना वोहोरा, सारिका वोहोरा, आयुष वोहोरा, आयान वोहोरा, निकित किसान, सोलुमन रसाइली, सुजल छन्त्याल, संगम किसान चालक वीर वहादुर थापा मगर रहेको अस्पतालले जनाएको छ ।
दुर्घटना पश्चात तत्काल स्थानिय र प्रहरीले घाइतेहरुको उद्धार गरी उपचारको लागि धौलागिरी अस्पताल पठाएका थिए । घाइतेमध्ये ४ जनालाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा र दुई जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी बसन्त पाण्डेले जानकारी दिए ।
