ताराखोलामा काँग्रेसको श्रद्धाञ्जली सभा

  • फाल्गुण १४, २०७८

बागलुङ-नेपाली काँग्रेस बागलुङका जिल्ला सदस्य हरिलाल सुवेदीका पिता स्व. भागिरथ सुवेदीको सम्झनामा शुक्रबार ताराखोलामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । स्व. सुवेदीको निधन भएको १२ औं दिनको पुण्य तिथिमा काँग्रेस ताराखोला गाउँपालिका–५ ले श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।
 काँग्रेसका क्रियाशिल सदस्य एवं ताराखोला क्षेत्रका सामाजिक व्यक्तित्व सुवेदीको गत फागुन २ गते निधन भएको थियो । स्व. भागिरथका ४ छोरा मध्ये हरिलाल काँग्रेसका जिल्ला सदस्य हुन भने नन्दलाल सुवेदी ताराखोला गाउँपालिका–५ का उपसभापति हुन त्यसैगरी हरिहर सुवेदी र युवराज सुवेदी काँग्रेसका क्रियाशिल सदस्य हुन । 
श्रद्धाञ्जली सभामा बोल्दै नेपाली काँग्रेस बागलुङका जिल्ला सचिव हरिहर शर्माले स्व. भागिरथले नेपाली काँग्रेस र सिंगो समाज प्रति गरेको योगदान परिवार र समाजले कहिलै नभुल्ने बताए । उनले तत्कालिन विषम परिस्थतिमा पनि ताराखोला क्षेत्रमा काँग्रेसको साख जोगाउनका लागि स्व. सुवेदीले पु¥याएको योगदान काँग्रेसका लागि ठुलो उपलब्धी भएको र काँग्रेस बागलुङले योगदानको सधै कदर गर्ने बताए । 
कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि एवं गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे उपप्रमुख रेणुका काउचा मगर, काँग्रेसका जिल्ला सदस्य मञ्जु शर्मा चालिसे मान बहादुर खत्री लगायतले स्व. सुवेदीको योगदानको चर्चा गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए । 
कार्यक्रममा काँग्रेस ताराखोला गाउँपालिकाका सचिव नवराज सुवेदी स्वं सुवेदीको जिवनी र योगदानका बारेमा जानकारी गराएका थिए । 
कार्यक्रम नेपाली काँग्रेस ताराखोला गाउँपालिका–५ का सभापति ओमबहादुर रोकाको अध्यक्षता, सचिव तारा कंडेलको संचालनमा सम्पन्न भएको थियो । १९८४ माघ ४ जन्मीएका सुवेदीको गत फागुन २ गते निधन भएको थियो । 

प्रतिक्रिया