बागलुङ- गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रि मणिभद्र शर्मा कडेंलले गण्डकी प्रदेश सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा पहिलो प्रथामिकता थिएको बताएका छन । बागलुङको गलकोट नगरपालिका–२ मा रहेको नरेठाँटी स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री कंडेलले शिक्षा र स्वास्थ्यमा गरेको दान मानिसको जिवनसँग जोडिएको हुँदा प्रदेश सरकारले पनि यसै क्षेत्रमा बढि जोड दिएको बताए । उनले स्वास्थ्य र शिक्षा क्षेत्रमा स्थानिय समुदाय र व्यक्तिहरुको पनि ठुलो भुमिका हुने हुँदा योगदान गर्ने प्रति समाजले कदर गर्नुपर्ने बताए । मन्त्री कंडेलले गलकोटका सम्पूर्ण राजनितिक दलहरुले गलकोट नगरपालिकासँग समन्वय गर्दै समग्र गलकोटका जनताको भावना र चाहना समेट्ने गरी नयाँ प्रस्ताव र सुझाव ल्याएमा गण्डकी प्रदेशले आगामी बजेटमा बहुवर्षिय योजना भनेर प्रवेश गराउने प्रतिवद्धता व्यक्त गरे । कडेंलले गण्डकी प्रदेश सरकारले स्वास्थ्यको क्षेत्रमा विरामिलाई उपचारार्थ निशुल्क रगतको व्यवस्थापन, महिलाहरुको पाठेघर तथा स्तन क्यान्सरको उपचार र अप्ठ्यारो अवस्थामा परेका सुत्केरी वेथा लागेका महिलाहरुलाई निशुल्क हेलिकप्टर व्यवस्थापन गरेको छ ।
कार्यक्रममा गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले मानव जिवन समृद्धिका लागि गुणस्तरीय स्वास्थ्य सेवा अत्यन्तै आवश्यक रहेको बताए । उनले स्वास्थ्यमा भौतिक संरचनाको क्षेत्रमा विकास भईसकेको अवस्थामा अव स्वास्थ्य संस्थाहरुलाई प्रविधिमैत्री वनाई गुणस्तरीय सेवा प्रदानतर्फ उन्मुख हुने जानकारी दिए । आफु नेतृत्वको स्थानिय सरकारले सुरुवात गरेका योजना तथा कार्यक्रमलाई आगामि दिनमा आफु नेतृत्वमा रहदा र नरहदा पनि पुरा गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा गलकोट नगरपालिकाका नगरउपप्रमुख रेनुका काउचा मगरले स्वास्थ्य, शिक्षा तथा आधारभुत आवश्यकताहरु पुरा गर्नको लागि स्थानिय सरकार लागि परेको वताउँदै वाकि रहेका कामहरु आगामि नेतृत्वले पुरा गर्ने विश्वास समेत व्यक्त गरिन ।
२०५३ सालमा स्थापना भएको उप स्वास्थ्य चौकि स्थापना भई २०६९ सालमा स्तरोन्नति गरी स्वास्थ्य चौकिमा रुपान्तरण भएको थियो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टि एमाले गण्डकी प्रदेश सदस्य बुल बहादुर केसी, नेपाली कांग्रेस गलकोट नगर सचिव योगेश भण्डारी, राष्ट्रिय जनमोर्चा गलकोट नगर कमिटिका अध्यक्ष टंक के सी, गलकोट नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष राम प्रसाद कडेंल, एरा मदरल्याण्ड बोर्डिङ स्कुलका प्रिन्सिपल यम बहादुर श्रीस, सामुदायिक प्रहरी सेवा केन्द्र गलकोटका अध्यक्ष मञ्जु शर्मा चालिसे, गलकोट प्राथमिक स्वास्थ्य केन्द्र तथा नगर अस्पतालका मेडिकल अधिकृत डाक्टर सन्देश पौडेल, स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समिति सदस्य होम बहादुर थापा, स्वयमसेविका कुमारी कार्कीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा जग्गादाता, कोभिड व्यवस्थापनमा योगदान पुयाउनुहुने व्यक्ति संघसंस्था स्वयमसेविका, भवन निर्माण समिति, जग्गा व्यवस्थापन समिति लगायतलाई सम्मान गरीएको थियो ।
कार्यक्रम नरेठाँटी स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष हिम बहादुर भण्डारी हेमन्तको अध्यक्षता, सदस्य दुर्गा देवि भण्डारीको स्वागत तथा जग्गा व्यवस्थापन समितिका अध्यक्ष घनश्याम कुँवरको सञ्चालनमा सम्पन्न भएको थियो ।