एसइई दिने विद्यार्थीका लागि ‘मोटिभेसनल’ कक्षा

  • चैत ५, २०८०

बागलुङ - यस वर्षको माध्यामिक शिक्षा परिक्षा (एसईई) परिक्षा पनि नजिकिएको छ । चैत १५ गते देखी संचालन हुने परिक्षा नजिकिए सँगै यतिबेला सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरु यसको तयारीमा जुटेका छन । विद्यार्थीहरु परिक्षामा के आउँछ र कसरी लेख्ने भन्ने विषयमा चिन्तित छन । अनेक विषयहरु मनमा उब्जाएर परिक्षाको तयारीमा जुटेका विद्यार्थीलाई लक्षित गरी गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीको प्रदेश सांसदको कार्यालयले उनिहरुलाई ‘मोटिभेसनल’ कक्षा  तथा विषय गत शिक्षक सँग अन्तर पाठ्यक्रम कार्यक्रम संचालन गरेको छ । 
    एसईई परिक्षामा विद्यार्थीहरुको आत्मबलमा प्रोत्साहन गर्ने उद्देश्यले बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (ख) बाट निर्वाचित सांसद सुवेदीले दक्षिण बागलुङका सामुदायिक तथा संस्थागत विद्यालयबाट एसईई दिने विद्यार्थीलाई लक्षित गरी उक्त कार्यक्रमको संचालन गरेका हुन  । शुक्रबार र शनिबार जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र बागलुङ नगरपालिकाको बलेवा क्षेत्रमा विभिन्न विषयगत शिक्षक र मनोपरामर्श कर्ताको सहजीकरणमा उक्त कार्यक्रम संचालन गरिएको गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले बताए । यो कार्यक्रमले एसईई परिक्षामा सहभागी हुने विद्यार्थीको मनोवल थप उचो हुने विश्वास गरिएको छ । ‘हामीले एसईई परिक्षालाई अलि फरक ढंगले हेछौं, परिक्षा भनेपछि जो कोहीलाई सामान्य तनाव हुन्छ प्रदेश सभा सदस्य सुवेदीले भने,—‘यही तनावलाई मुक्त गराउनका निम्ती प्रदेश सांसदको कार्यालयले मनोपरामर्श सँगै विषयगत शिक्षक सँगको अन्तरंगको कार्यक्रम संचालन गरेको छ । यसले विद्यार्थीलाई थप हौसला प्रदान गर्नेछ ।’ उनले विद्यार्थीलाई कसरी परिक्षाको तयारी गर्ने, कसरी लेख्ने गणित विज्ञान जस्ता विषयका सुत्रहरु कसरी सम्झने जस्ता कुराहरुको विषयगत शिक्षकहरुबाट यसको उपायका बारेमा समेत जानकारी दिएको बताए । 
    विषेश गरी गणित, नेपाली, अंग्रेजी विज्ञान र सामाजिक विषयका विषयगत शिक्षकले पाठ्यक्रमको बारेमा र परिक्षामा आउने संभावित प्रश्नको उत्तर कसरी लेख्ने भन्ने विषयमा विद्यार्थीलाई सहजीकरण  गरेका थिए भने मनोपरामर्शका शिक्षकहरुले विद्यार्थीलाई ढुक्क भएर कसरी लेख्ने भन्ने विषयमा उनिहरुलाई परामर्श दिएका थिए । सांसद सुवेदीले शिक्षा जस्तो  संवेदनशिल क्षेत्रमा नयाँ तथा युवा पुस्ताका लागि यस्ता कार्यक्रमको अति नै आवश्यकता रहेको हुँदा स्थानिय पालिका सँग समन्वय गरेर कार्यक्रम संचालन गरेको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर रहने र एसईई पछिको अध्ययनको बारेमा पनि विद्यार्थीमाझ पुन यस्ता कार्यक्रम संचालन गर्ने बताए । 
मनोपरार्श सँगै अन्य कार्यक्रमले आफुहरुलाई थप हौसला प्राप्त भएको बरेङ गाउँपालिका—३ बाटाकाचौरको सारदा माविमा अध्ययनरत विद्यार्थी  अभिषेश शर्माले भन्छन । ‘परिक्षामा के गर्नेहोला, कस्तो होला भन्ने थियो । यो कार्यक्रमले आत्मबल बढायो शर्माले भने,—‘परिक्षा नजिकिए सँगै कसरी पढ्ने र कसरी लेख्ने भन्ने नयाँ टिप्सहरु सिक्न पाईयो आउँदा दिनमा पनि निरन्तरता दिनुहोला । ’ 

No description available.
एसईई दिने विद्यार्थीका लागि यो कार्यक्रम नयाँ भएको हुँदा विद्यार्थीमा थप हौसला जागरुक हुनुका साथै आत्मबल पनि बढ्ेको पल्लोपाखा मावि कुश्मिसेराका प्रध्यानध्यापक टेकनारायण आचार्य बताउँछन । विद्यालयमा सिकेको शिक्षा भन्दा यो फरक भएको र विद्यार्थीलाई थप उत्साह थपेको उनको भनाई छ । आचार्यले आउँदा दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन सके शिक्षा क्षेत्रमा थप विकास हुने र विद्यार्थीले पनि राम्रो अंक लिएर उत्तिण हुने कुमामा दुई मत नरहेको बताए । 
प्रदेश सांसदको कार्यालयले बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका सँगै समन्वय गरी दक्षिण बागलुङ ६ स्थानमा यो कार्यक्रम संचालन गरेको थियो । शुक्रबार र शनिबार बलेवाको गणेश सामुदायिक अध्ययन केन्द्र, जैमिनीको कुश्मिसेरामा दुई स्थानमा र संस्कृत मावि जैदी वेलबगरमा, बरेङ गाउँपालिकाको सारदा मावि बाटाकाचौर र सर्वोदय मावि हुग्दीशिर बरेङमा उक्त कार्यक्रम संचालन गरेको हो । 
बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका विद्यालयलाई लक्षित गरी संचालन गरिएको कार्यक्रममा यस क्षेत्रका ५ विद्यालयका १८४ जना विद्यार्थी सहभागी थिए । जैमिनी नगरपालिकाका दुई स्थानका संचालन गरिएको कार्यक्रममा वेलबगरमा १२९ जना कुश्मिसेरामा २ वटा केन्द्र २५३ जना विद्यार्थी सहभागी भएको प्रदेश सांसद कार्यालयका प्रतिनिधि ओमकार सुवेदीले जानकरी दिए । शुक्रबार नै बरेङ गाउँपालिका—३ बाटाकाचौरमा रहेको शारदा मावि ७३ जना र सर्वोदय मावि हुग्दिशिरमा १४० जना विद्यार्थीलाई मनोपरार्श तथा पाठ्क्रमको बारेमा जानकारी गराईएको सुवेदीले जानकार दिए । प्रदेश सभा सदस्य सुवेदीको आफ्नो क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयबाट एसईई दिने सवै कुल ७७९ विद्यार्थीलाई समेटिएको थियो । कार्यक्रममा मनोपरामर्शका प्रध्यापक प्रदिप सुवेदी सुमन शर्मा, पाठ्क्रम विषय विशेषज्ञहरु पुनदरी फुयाल रोशन आचार्य, उमेश श्रेष्ठ, लय प्रसाद सापकोटा, युवराज पौडेल, सन्तोष पौडेल शंकर शर्मा लगायतका विषगत शिक्षकहरुले सहजीकरण गरेका थिए । 

No description available.

प्रतिक्रिया