कम्युनिष्टहरुमा दोहोरो चरित्र छ :  काँग्रेस नेता सिवाकोटी

  • फाल्गुण २९, २०७८

बागलुङ– नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले एमसीसीको विषयमा नेपालका कम्युनिष्ट पार्टीहरुका शिर्ष नेताकै दोहोरो चरित्र देखाएको बताएका छन । नेपाली काँग्रेस बागलुङले संचालन गरेको ‘घरघर जाऔं काँग्रेस जिताऔं अभियान र जनता सँग नेपाली काँग्रेस अभियान अन्तरगत आईतबार बागलुङ नगरपालिका–५ मालिकामा भएको कार्यक्रममा बोल्दै सिवाकोटीले सो कुरा बताएका हुन । 
उनले अहिले असुन्तुष्टी जनाएको राजनितिक दल र त्यही दलका शिर्ष नेताहरु नै एमसिसीको विषयमा संलग्न रहेता पनि जनताका अगाडी ओभानो हुन खोजेको आरोप लगाए । सिवाकोटीले यस विषयमा काँग्रेसलाई दोष थुपारेर आफु अम्किन खोजेको बताए । ‘एमसीसी परियोजना एउटा अनुदानको कार्यक्रम हो, यसले देशको विकासका निम्ती सहयोग गर्छ सिवाकोटीले भने,–‘केपी ओली, झलनाथ, माधव प्रचण्ड चित्रबहादुर सवै यसमा संलग्न भएका छन । अहिले पानी माथिको ओभानो बनेर काँग्रेस प्रति दोषारोपण गर्दै हिँडेका छ । एमसीसी देशका लागि आवश्यक परियोजना हो यो काँग्रेसले योग्य ठानेर पास गरेको हो ।’
उनले केही असन्टुष्ट दलका नेताहरु भ्रम फैलाउँदै हिँडेको र अहिले सम्म यो विषयमा फैलाएका सवै भ्रमहरु चिर्नकै निम्ती काँग्रेसले अभियान संचालन गरेको बताए । सिवाकोटीले आगामी स्थानिय तहको निर्वाचनमा काँग्रेसका पक्षमा जनमत पार्नका निम्तीनै घरघर जाने कार्यक्रम तय गरेको बताए । ‘हामी कसैलाई पनि अबको स्थानिय तहको निर्वाचनमा हार्ने छुट छैन सिवाकोटीले भने,–‘काँग्रेसकै पक्षमा जनमत पार्नका निम्ती यो अभियान संचालन गरेका छौं अभियानमा मसिनो गरेर जनताको घरघरमा पुग्छौं । उनिहरुका समस्या बुझछौं र समाधानगर्ने गरी निर्वाचतमा जान्छौ चुनाव जितेर जनताको समस्याको समाधानमा लाग्नेछौं । 
उनले नेकपाको सरकारले ३ वर्ष गरेका जनविरोधी कार्यक्रमहरुको पर्दापास गर्न र काँग्रेसले गरेका राम्रा कामको जनता समक्ष पु¥याउन कार्यकर्तालाई आग्रह गरे । सिवाकोटीले पुर्व मन्त्री गोकुल बास्कोटाले गरेको अनियमिताको कुरा बाहिर आए पनि पावरकै भरमा यो विषय अलमल परेको बताए । काँग्रेस सवैको भरोसा र जिम्मेवारी पार्टी भएको हुँदा यसमा सवै जनताले विश्वास गरेर जनमत सिर्जना गर्नुपर्ने उनको भनाई थियो । 
कार्यक्रममा नेपाली काँग्रेसका गण्डकी प्रदेश कोषाध्यक्ष बसन्त कुमार श्रेष्ठले अबको स्थानिय तको निर्वाचनमा गाउँको विकासका निम्ती काँग्रेसले जित्न आवश्यक रहेको बताए । श्रेष्ठले जनताको घरदैलोमा गएर उनिहरुका समस्या बुझनकै निम्ती काँग्रेसले अभियान संचालन गरेको बताए । कार्यक्रममा नेपाली काँग्रेस बागलुङका निवर्तमान सभापति दिपेन्द्र बहादुर थापा पुर्व उपसभापति जगदिशचन्द उपाध्याय, नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य पार्वती आचार्य, क्षेत्रीय सभापती चण्डी प्रसाद शर्मा पौडेल, महाधिवेशन प्रतिनिधि विष्णु पौडेल दारी, क्षेत्र नं. १ प्रदेश सभा (क) का सभापति हरिबहादुर जिसी, काँग्रेस बागलुङ नगरपालिकाका सभापति उमाकान्त शर्मा बाबु, पुर्व आमन्त्रीत जिल्ला सदस्य मुक्तिराम सापकोटा नेपाली लेखक संघका केन्द्रीय सदस्य धनराज सापकोटा,पुर्व क्षेत्रीय सदस्य तेजबहादुर कुँवर सन्तोष, पुर्व सभापति भुवानी शंकर सापकोटा लगायतले आफ्ना धारणा राखेका थिए । कार्यक्रमको उद्देश्य र विषयबस्तुका बारेमा कार्यक्रमका संयोजक एवं जिल्ला सदस्य जगन्नाथ आचार्यले प्रष्ट पारेका थिए । 
कार्यक्रम नेपाली काँग्रेस बानपा–५ मालिकाका सभापति फुलप्रसाद सापकोटाको अध्यक्षता उपसभापति भिमबहादुर खत्रीको स्वागत र सचिव बलराम सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।  नेपाली काँग्रेसले देश व्यापी सञ्चालन गर्न लागेको ‘घरघर जाऔं, काँग्रेस जिताऔं’ अभियानको अगामी चैत्र २९ गते सम्म सञ्चालन हुनेछ । 
 

प्रतिक्रिया