राजनितिक दललाई प्रश्न सोध्ने बेला आएको छ : राष्ट्रिय सभा अध्यक्ष तिमिल्सीना

  • चैत २६, २०७८

बागलुङ -     राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाले स्थानिय तहको निर्वाचन नजिकिए सँगै सवै जनता मतदाताले राजनितिक दलकालाई प्रश्न सोध्ने बेला आएको बताएका छन । शनिबार बागलुङको ऐतिहासिक चैत्राष्टमी मेलाको उद्घाटन गर्दै तिमिल्सीनाले हिजो बाचा गरेका कुरालाई कति पुरा भए र अब के गर्ने हो त्यो सोधेर मात्रै आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने बताए । उनले राजनितिक दल र उनका नेता तथा उम्मेदवारलाई  जितेर के गर्नुहुन्छ हिजो तपाईको दलले जितेर के ग¥यो त्यो प्रश्न गर्न जरुर रहेको बताए । ‘सत्ताका लागि भागवण्डा गर्ने हो? आलोपालो गरेर सरकारमा बस्ने, आलोपालो मन्त्री बन्ने हो ? मन्त्रालय फोर्ने अनि तपाईहरुले मात्रै सासन गरेर देशलाई यही हालतमा राख्ने की देशलाई परिवर्तन गर्ने हो ? देशलाई विकास र समृद्धिमा लाने राजनितिक दललाई अठोट गराउनुपर्ने हुन्छ कि हुँदैन यस्ता प्रश्न जनताले अब राजनितिक दललाई गर्नुपर्ने तिमिल्सिीनाको भनाई छ ।   उनले सरकार र कुनै राजनितिक दलले प्रहरी प्रशासन प्रयोग गरेर निर्वाचनमा धाधली गर्न नहुने बताए ।
     तिमिल्सीनाले  निपक्ष स्वतन्त्र भएर जनताले मन चाहेको मान्छेलाई भोट हाल्ने बातावरण बनाउने काममा सरकार राजनितिक दलका कार्यकर्ताहरु र उम्मेदवारहरु लाग्नुपर्ने बताए । ‘हामिले लडेर संघर्ष गरेर अग्रजलाई गुमाएर ल्याएको यो लोकतन्त्र हो । लोकतन्त्रमा जनताले खुसीका साथ आफुले इच्छाएको पार्टी र आफुले इच्छाएको उम्मेदवारलाई मतहाल्न पाउनुपर्ने अधिकार छ । तिमिल्सीनाले भने,  त्यही कुराको ज्ञारेन्टी सवै राजनिति दलले गर्नुपर्ने छ । जसरी पनि चुनाव जित्ने चुनाव जित्नका लागि  कुनै दृष्टीकोण र  कुनै विचार नभएको सँग मिलेर जाने जिते पछि केही नगर्ने हुनुहुँदैन । उनले अबको निर्वाचन सक्षम बनाउने देशको विकास गर्ने समृद्ध नेपाल बनाउका लागि लाग्नका निम्ती राजनितिक दललाई आग्रह गरेका थिए ।
उनले नेपालमा पछिल्लो समय पर्यटन व्यवसाय फष्टाउँदो गतिमा गएको बताए । धार्मिक, भौगोलिक र शैक्षिक पर्यटनको गतिविधि बढेकाले नेपालमा कल्पना गरेभन्दा बढी पर्यटकहरु आउने संभावना रहेको तिमिल्सीनाको भनाई थियो ।  तिमिल्सिनाले धार्मिक पर्यटकको संभावना नेपालमा बढेर गएको बताउदै बागलुङ कालिका, लामो झोलुङ्गे पुल, मुक्तिनाथ लगायतका क्षेत्रमा पर्यटकहरुको चाप अत्याधिक रहेको बताए । उनले धार्मिक पर्यटकका कारण बागलुङ र पर्वतको आर्थिक गतिविधि बढेर गएको बताए । 
“चैते दशै बागलुङको पहिचान मात्रै नभएर नेपालकै पहिचान बनिसक्यो, अहिले कालिका मन्दिरमा टेक्ने ठाउँ छैन” तिमिल्सिनाले भने “अब नेपालमा कल्पना गरे भन्दा बढी पर्यटकीय गतिविधि हुँनेछ ।” तिमिल्सिनाले अहिले रामरेखा देखि अदुवाबारी जोड्ने लामो झोलुङ्गे पुलका कारण बागलुङ र पर्वतको पहिचान अन्तर्राष्ट्रियकरण भएको बताए । 
  चैत्र २४ गते देखी संचाल नभएको चैत्राष्टमी मेला २८ गते सम्म संचालन हुने मेला आयोजक समिति कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ । मेलामा दोहोरी गित प्रतियोगिता खुल्ला भलिवल प्रतियोगिता भजन प्रतियोगिता लागयतका कार्यक्रम रहेको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।  
 

प्रतिक्रिया