बागलुङ- गत राति आएको भिषण वर्षाका कारण घरमाथिबाट आएको पहिरोले घर पुरिँदा बागलुङमा एक जनाको मत्यु भएको छ । बागलुङ नगरपालिका–७ तितौरेमा घरभित्र सुतीरहको अवस्थामा माथिबाट आएको पहिराले स्थानिय ५५ बर्षिया खिलकुमारी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक विजय यादवले जानकारी दिए ।
गएराती अन्दाजी ११ बजेको समयमा भिषण पानी सहित आएको पहिरोले शर्माको घर पुरिएको थियो । विहिबार विहान स्थानियले घर पुरिएको खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेर हेर्दा खिलकुमारीको घटनास्थलमै मृत्य भएको प्रहरीले जनाएको छ ।
गोठ पुरिँदा १ भैसी र ४ बाख्रा मरे
पहिरोकै कारण बागलुङ नगरपालिका—९ तित्याङमा स्थानिय भद्रबहादुर थापाको गोठ पुँिरदा १ भैसी र ४ बाख्रा मरेको वडा अध्यक्ष राजु थापाले जानकारी दिए । पहिरोकै कारण तित्याङ फुलपातीको स्थानिय प्रेम नेपालीको घरनजिकै बाट गएको पहिरोले घरदेखी तलको बस्ती जोखिममा रहेको छ भने तित्याङको अदुवाबारीमा लालबहादुर थापा, चण्डीप्रसाद शर्मा, गणेश शर्मा, रामबहादुर खत्री र कुमार खत्रीको घर जोखिममा परेको वडा अध्यक्ष थापाले जानकारी दिए । वर्षाका कारण पहिरो जाँदा तित्याङकै शिवालय मन्दिर र नजिकैको विद्यालय पनि जोखिममा परेको छ भने तामाखानी नजिकैको अडडाँडाको बस्ती पनि जोखिममा रहेको वडा अध्यक्ष थापाले बताए । पहिरोले जिल्ला सदरमुकाम आउने ग्रामिण सडकहरु अवरुद्ध भएका छन ।
पहिरोकै कारण जिल्लाको काठेखोला गाउँपालिका—६ विहुँ सुल्डाँडामा स्थानिय मानबहादुर केसीको गोठ पुरिँदा १ वटा भैसी मरेको छ ।
बागलुङ बजार जलमग्न
बुधबार राती करिब ८ बजे पछि आएको वर्षाका कारण बागलुङ बजार क्षेत्र जलमग्न भएको थियो । मध्यपहाडी लोकमार्गको सडक नालि थुनिएपछि बजार क्षेत्रमा पसेको बाढिले बागलुङ बजारको श्रीनगरटोल देखी हल्लनचोक सम्मको सडबाट पानी पसलमा छिर्दा क्षती पु¥याएको थियो ।
मध्यरातमा बाढी हटाउन नेपाल प्रहरी, नेपाली सेना समेत परिचालन गरिएपनि क्षति घटाउन नसकिएको हो । बागलुङ नगरपालिकाको विपद् व्यवस्थापन शाखाले मध्यरातमा भल तर्काउने र ठुबान भएका पसलमा कम क्षति पु¥याउने कार्य गरेको थियो ।
पहिरोका कारण मध्यपहाडी लोकमार्ग पर्वत खण्डको कुश्मा नगरपालिका १ नयाँपुलमा सडक अवरुद्ध भएको छ भने कालिगण्डकी करिडोर बागलुङ खण्डको दब्ल्याङको पहिरोले अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।