• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • कला/मनोरञ्जन

चैत्राष्टमी मेला सुरु

  • चैत १३, २०७९

बागलुङ- गण्डकी प्रदेशकै महत्वपुर्ण र प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिर क्षेत्रमा परम्परागत रुपमा लाग्ने चैत्राष्टमी मेला यस पनि सुरु भएको छ । ऐतिहासिक महत्व बोकेको चैत्राष्टमी मेला अगामी १७ गतेसम्म संचालन हुने बताईएको छ । हरेक वर्ष झै यस वर्ष पनि नवरात्रको पहिलो दिन देखी नै मेलाको तयारी थालिएको थियो । मेलाको पहिलो दिन राष्ट्रिय भलिबल प्रतियोगिता र राष्ट्रिय लोक दोहोरी गित प्रतियोगिता सुरु भएको  आयोजक कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष एवं मुल आयोजक समितिका संयोजक कुमार खड्काले जानकारी दिए । 
चैत्राष्टमीको समयमा कालिका मन्दिरमा स्वदेश तथा विदेशबाट लाखौंको संख्यामा भक्तजनहरु आउने पूजा, पाठ, पन्चबली, भाकल पूजा गर्ने गर्दछन । चैत्राष्टमीमा स्थानिय उत्पादनका सामाग्रीहरुको ठूलो संख्यामा प्रबर्द्धन र किनवेच हुने पर्वको रुपमा समेत लिईन्छ । चैत्रशुक्ल अष्ठमीका दिन अर्थात चैते दशैंमा बागलुङ कालिका भगवती मन्दिरमा बिशेष पूजा अर्चना हुन्छ । यो समयमा मन्दिर क्षेत्रमा चैते दशैंंको मेला लाग्छ । चैत्राष्टमी मेला गण्डकी प्रदेशकै ठुलो र महत्वपूर्ण मानिन्छ । यसको धार्मिक महत्व त छदैछ, यसले आर्थिक, समाजिक, सांस्कृतिक र राजनैतिक महत्व पनि राख्दछ । 
मेलाको अवसरमा छेलो प्रतियोगिता, स्थानिय लोक संस्कृति प्रर्दशन र रथयात्रा गरिने अध्यक्ष खड्काले बताए ।  मेलाकै अवसरमा रमाईलो मेला राख्नुका साथै १६० व्यापारिक स्टल र २२ वटा स्थानिय उत्पादको प्रर्वद्धनका निम्ती स्टलको व्यवस्थापन गरिएको छ । मेलाको पहिलो दिन भलिवल प्रतियोगिताको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले उद्घाटन गरेका थिए । उद्घाटन पश्चात श्रेष्ठले चैत्राष्टमी मेलाले बागलुङ धार्मिक एवं पर्यटन प्रवद्र्धनका निम्ती ठुलो टेवा पुगेको बताए । मेलामा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको सांगितिक प्रस्तुती समेत रहेने छ । मेला सम्पन्न गर्न करिव ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । 
परम्परादेखि कालिका मन्दिर परिसर क्षेत्रमा लाग्दै आएको मेलालाई बागलुङ बजारसम्म जोड्ने गरी क्रियाकलापहरु संचालन गर्ने तयारी गरिएको खड्काले बताए । मेलाको उद्घाटन गर्न गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आउने भएका छन ।   मेलालाई व्यवस्थित रुपमा संचालन गर्नको लागी आयोजक कालिका भगवती गुठी सहित सरोकारवाला निकाय तथा संघ सस्थाहरुसंग समन्वय र सहयोग रहने मेला आयोजक समितिले जनाएको छ । विषेश गरी कला संस्कृति, स्थानिय उत्पादन, व्यापार र धार्मिक पर्यटन प्रर्वद्धन गर्ने मुलाको मुख्या उद्देश्य रहेको छ । मेलामा राष्ट्रिय कलाका कालिका रोका रेशम निर्दोष बालचन्द्र बराल तारा थापा लगायतका कलाकारको प्रस्तुती रहेको थियो । 

May be an image of 2 people and outdoors

May be an image of 4 people

May be an image of 5 people, people standing and indoor

प्रतिक्रिया