• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • स्थानीय सरकार ,
  • ताराखोला

ताराखोलाको मुख्य केन्द्रमा प्रहरी चौकी स्थापना

  • चैत ६, २०७८

बागलुङ- बागलुङको ताराखोला गाँउपालिकाको केन्द्र वडा नम्वर २ अर्गल भातखाने डाँडामा प्रहरी चौकीको स्थापना भएको छ । प्रहरी चौकीको बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र ताराखोला गाँउपालिका अध्यक्ष प्रकाश घर्तीले संयुक्त रुपमा उट्घाटन गरेका थिए ।  ग्रामिण क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने अभिप्रायले चौकीको स्थापना गरिएको हो ।
संघीय संरचना अनुसार स्थानीय सरकार स्थापना भएपछि प्रत्येक स्थानीय तहमा प्रहरी चौकी स्थायी स्थापना गर्ने कार्यलाई अगाडि बढाउदै बागलुङ जिल्लामा पनि ४ वटा नयाँ प्रहरी चौकी स्थापना गर्न लागिएको बागलुङका प्रहरी उपरिक्षक दयानिधी ज्ञवालीले बताए  । बागलुङ जिल्ला अन्तरगत बरेङमा स्थापना गरिएको र बागलुङको पन्चकोट, ढोरपाटन नगरपालीका क्षेत्रमा पनि स्थापना भएको ज्ञवालीले जानकारी बताए ।  प्रहरी चौकी भातखाने डाँडामा ११ जनाको दरबन्दी रहेकोमा अहिले हवल्दारको नेतृत्बमा ५ जना प्रहरी रहने उनले बताए । 
ताराखोला गाँउपालीका अध्यक्ष प्रकाश घर्तीले जनताले पाउने शान्ती सुरक्षा लगायत विभिन्न प्रकारका विकासक्रमको आधार तयार हुदै गएकाले स्थायी प्रहरी चौकीको लागी जग्गा व्यवस्थापनमा सबैको सहयोग आवश्यक रहेको बताए । 
 

प्रतिक्रिया