विद्यार्थी विरामी पर्न थाले पछि तमानखोलको एक विद्यालय ५ दिन बन्द

  • असोज १७, २०७८

जिल्लाको तमानखोला गाउँपालिकाको एक विद्यालयमा शिक्षक विद्यार्थी नै विरामी पर्न थाले पनि पाँच दिनका लागि विद्यालय बन्द गरिएको छ । तमानखोला २ खोलेस्वाङ स्थित खोलेस्वाङ आधारभुत विद्यालयमा शिक्षक, विद्यार्थी  विरामी हुन थालेसगैँ गत बुधबार देखी नै विद्यालय बन्द गरिएको प्रध्यानाध्यापक कुल बहादुर घर्तिले जानकारी दिए । मौसम परिवर्तन सगैँ ज्वरो, रुघा खोकीका बिरामी बढ्न थालेको र एक जना शिक्षिकामा कोरोना पोजेटिभ देखिएकोले केहि दिन पुर्ण रुपमा विद्यालय बन्द गरिएको घर्तिले जानकारी दिए । 
तमानखोला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तिलक छन्त्यालका अनुसार सोमबार विद्यालयमा पुगि एन्टिजेन परिक्षण गरिने जनाइएको छ । विद्यालयले गाउँपालिकामा केहि ढिलो जानकारी गराएको हुदाँ सोमबार मात्र परिक्षण गरिने छन्त्यालले बताए । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको एन्टिनेन्ट परिक्षणमा तमानखोलाकी एक शिक्षिकामा कोरोना पोजेटिभ देखिएको थियो । केहि दिन शुन्य संक्रमित रहेको तमानखोला गाउँपालिकामा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित होम आईशोलेशनमा रहेको जनाईएको छ । गाउँपालिकाले विद्यालयमा अध्ययनरत शिक्षक विद्यार्थीको कोरोना परिक्षण गर्ने भएको छ । लक्षण देखिएका र संकास्पदको मात्र परिक्षण गरिने छन्त्यालले बताए । गाउँपालिकाले विरामी मात्र उपस्थितिका लागि समेत आग्रह गरेको छ । 
 

प्रतिक्रिया