कृषकका लागि च्याउ खेती सम्बन्धी तालिम

  • असार ३, २०८०

बागलुङ । बागलुङ नगरपालिका कार्यालयले कृषकका लागि व्यवसायीक च्याउ खेती प्रर्वद्धन तालिम संचालन गरेको छ ।  नगरलाई च्याउमा आत्मनिर्भर बनाउन र कृषकलाई व्यवसायीक च्याउ उत्पादनका लागि प्रेरित गर्ने उद्देश्यले आईतबार देखी तिन दिनको तालिम सुरु गरिएको हो । 
    तालिमको उद्घाटन गर्दै  बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले तालिम सिकेर मात्र नभएर यसलाई व्यवहारमा लागु गर्न कृषकहरुलाई आग्रह गरे । उनले कृषकहरु व्यवसायी बन्न जरुरी रहेको बताए । श्रेष्ठले बागलुङ च्याउ उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गर्नका लागि नगरपालिका तयार रहेको र यसमा कृषकहरुकै भुमिका हुने बताए ।  ‘कुनै पनि सिप सिकेर मात्र केही हुँदैन यसलाई व्यवहारमा लागु गर्नुपर्दछ । नगरप्रमुख श्रेष्ठले भने,–‘च्याउ उत्पादन गर्ने तालिम पश्चात कृषकहरु व्यवसायीक हुन जरुरी छ । यसले आफुमै आत्मनिर्भर बन्ने बाटो पनि बन्ने छ स्थानिय उत्पादनले प्राथमिकता पनि पाउने छ ।’ तालिममा नगर उपप्रमुख राजु खड्काले च्याउ उत्पादन गर्न सकेमा आर्यआर्जनको राम्रो श्रोत बन्ने बताए । 
तिन दिन सम्म संचालन हुने तालिममा नगरक्षेत्रका ३० जना कृषकहरुको सहभागिता रहेको छ । तालिममको सहजीकरण नगरपालिकाका कृषि शाखा प्रमुख सुवास सापकोटा, अगुवा कृषक लोकबहादुर थापाले गर्ने छन । बागलुङ नगरपालिकाले बानपा ४ को वडारचौर, बानपा ३ र बानपा ८ को माथिल्लो भेगलाई च्याउ खेतीको पकेट क्षेत्रको रुपमा तोकेको छ । यस क्षेत्रमा विशेष गरी कन्य, सिताके र गोप्रे च्याउ उत्पादन हुने कृषि शाखा प्रमुख सुवास सापकोटाले बताए । 
कार्यक्रम बागलुङ नगरपालिकाका आर्थिक विकास समितिका संयोजक एवं बानपा १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेलको अध्यक्षता, कृषि शाखा प्रमुख सुवास सापकोटाको स्वागत र प्रेम पौडेलको संचालनमा सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया