बागलुङ- बालबालिकालाई नेतृत्व विकास र क्षमता अभिबृद्ध गर्नुका साथै नयाँ नेतृत्व चयनका लागि विहिबार बागलुङमा जिल्ला भेला सम्पन्न भएको छ । भेलाले गलकोटका रोशन परियारको अध्यक्षता जिल्ला बालक्लब गठन भएको छ । समितिको उपाध्यक्षमा जैमिनीका मौसम पौडेल, सचिवमा बडिगाडका सुजना केसी, कोषाध्यक्षमा काठेखोलाका विपिन विक र सहसचिवमा बरेङका स्मृति पुन रहेका छन । समितिको सदस्यहरुमा बागलुङ नगरका बुद्धि बहादुर काकी, जैमिनीका रोशन ढुंगाना, गलकोटका सुरक्षा गौतम, काठेखोलाका प्रमिशा गौतम ताराखोलाका जेनिशा नेपाली बरेङका सन्दिप गुरुङ र बडिगाड अस्मिता गुरुङ रहेको सामाजिक विकास कार्यालय बागलुङका प्रमुख डम्बर बहादुर जिसीले जानकारी दिए ।
भेलामा बालक्लब गठन तथा संचालन मापदण्ड २०७८ अनुसार जिल्लाका प्रत्येक स्थानिय बाट प्रतिनिधित्व २ जना बालिका सहित पाँच जनाको सहभागिता रहेको थियो । जिल्लाका दश वटा पालिकाबाट नै सहभागिता गराउने भनिए पनि निसीखोला तमानखोला र ढोरपाटन नगरपालिकाबाट सहभागित जनाएका थिएनन् ।
भेलाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति बागलुङका समन्वय अधिकारी कृष्ण प्रसाद गौतमले राज्यले बनाएका ऐन, नियम र कानुन अनुसार बालबालिकाको क्षेत्रमा विकास बताए । उनले पछिल्लो समय बालबालिकाहरु गलत संस्कृतको पछि दौडेका हुनाले यसलाई रोक्नलाई हामी सबै क्षेत्रको चासो हुनुपर्ने बताए । गौतमले बालबालिका सुर्धानका लागि पहिलो आधार बाबुआमा भएको बताए । कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका न्याधिवक्ता लालप्रसाद लामिछाने प्रहरी नायब उपरिक्षक इन्द्र बहादुर राना लगायले बोलेका थिए । कार्यक्रमको सहजीकरण राष्ट्रिय बालअधिकार परिषदको समन्वय अधिकृत बद्री प्रसाद वाग्ले, सामाजिक विकास कार्यालय बागलुङ प्रमुख डम्बर जिसी र म्याग्दीका प्रमुख रमेश थापाले गरेका थिए । कार्यक्रम कार्यालय प्रमुख डम्बर जिसीको अध्यक्षता बागलुङ नगरपालिका महिला विकास शाखाका प्रमुख सरस्वती शर्माको स्वागत र जिल्ला बालसञ्जालका निर्वतमान सहसचिव अनुश्का क्षेत्रीको संचालनमा सम्पन्न भएको थियो ।