बागलुङ- नेकपा (एमाले) बागलुङको नबौं जिल्ला अधिवेशन चलिरहेको छ । नयाँ नेतृत्व चयनका लागि संचालित अधिवेशनमा उपाध्यक्ष र सचिव पदमा भने निर्विरोध भएको छ । एमालेको जिल्ला उपाध्यक्षमा ढोरपाटनका लक्ष्मण पुन र सचिवमा बडिगाडका विष्णु भुसाल निर्विरोध निर्वाचित भएका छन ।
जिल्ला अधिवेशनमा शनिबार उपाध्यक्षका लागि पुन र रामबहादुर जिसीले उम्मेदवारी दर्ता गरेका थिए । जिसीले पुनलाई समर्थन गरे पछि उपाध्यक्षमा निर्विरोध भएको हो । सचिवमा भुसाल भने शनिबार बेलुका नै निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिए ।
सचिवमा भुसाल बाहेक कसैको पनि उम्मेदवारी परेको थिएन । उपाध्यक्ष र सचिवमा निर्विरोध भए सँगै अध्यक्ष र उप सचिव र खुल्ला सदस्यमा काठेखोला गाउँपालिका भुगोल र अल्पसंख्यकमा भने आईतबार दिउँसो देखी मतदान सुरु भै राती सम्पन्न भएको छ ।
अध्यक्षका लागि अहिलेका कार्यबहाक अध्यक्ष कृष्ण पाठक प्रदेश कमिटि सदस्य हिरा बहादुर केसी र बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाईजा बिच प्रतिस्पर्धा हुने देखिएको छ । त्यसैगरी उप–सचिव दुई पदका लागि गणेश बहादुर थापा चित्रकला छन्त्याल डम्बर बहादुर श्रीष नेत्र विष्ट प्रेम बहादुर लामिछाने र रामबहादुर जिसीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
जिल्ला सदस्य खुल्ला महिला तर्फ १४ जना नै निर्विरोध निर्वाचित भएका हुन । अस्मिता भण्डारी, आकृती भण्डारी, कालिका सापकोटा, कोपिला खरेल सापकोटा चित्रकला छन्त्याल श्रीष, तारा शर्मा, भावना खड्का, मिनकुमारी कंडेल सापकोटा, रिता देवी शर्मा, रेणु केसी हमाल, शान्ती भण्डारी, सरस्वती खड्का परिवार, सुजना नेपाली र हुमादेवी खड्का सर्वसम्मन निर्वाचित भएका छन । त्यसैगरी जनजाती तर्फ उमेश बुढा मगर, गणेश कुमार थापा, चेत बहादुर थापा, जावन श्रीष, प्रेमबहादृुर श्रीष, मनोज थापा, रनबहादुर थापा, राजन कुमार पाईजा, रेशम घर्ति मगर, र लिला बहादुर बुढा रहेका छन । जनजाती महिला तर्फ नै करमती पुन मगर, कोपिला कुमारी पुन विना कुमारी थापा, सिर्जना थापा, यमुना थापा मगर र सिर्जना थापा सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक शर्माले जानकारी दिए ।
जिल्ला सदस्य दलित खुल्ला तर्फ डम्बर बहादुर सार्की, तिलबहादुर कामी, मनोज कुमार विक, लक्ष्मण सुनार, विरबहादुर विक, श्यामलाल विक, सुमन बोहोरा र दलित महिला तर्फ खरिमायाँ विक, रुपमा विक, लक्ष्मी बोहोरा र सुनिता विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन ।
भुगोल जिल्ला सदस्य तर्फ बागलुङ नगरपालिकाबाट विष्णु प्रसाद शर्मा, हरि प्रसाद शर्मा र जुना कुमारी घिमिरे निर्विरोध चयन भएका छन । त्यसैगरी बडिगाड गाउँपालिका तर्फबाट दिनेश शर्मा यामबहादुर श्रीष र तुलसी बुढा निर्वाचित भएका छन भने गलकोट नगरपालिका तर्फबाट पदम कार्की, फरेन्द्र थापा र मनिकर्ण परियार निर्वाचित भएका छन । भुगोल तर्फ नै जैमिनी नगरपालिकाबाट अमृत सुवेदी, देवेन्द्र रेग्मी र यमुनादेवी पौडेल निर्वाचित भएका छन भने बरेङ गाउँपालिका तर्फबाट टेकबहादुर पुन र प्रेम प्रसाद पौडेल र दुर्गाकार्की थापा क्षेत्री चयन भएका छन । त्यस्तै ढोरपाटन नगरपालिकाबाट खिमबहादुर घर्ति मगर, रामप्रसाद आचार्य र सिता कंडेल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । निसीखोलामा रामप्रसाद चालिस,े थम बहादुर घर्ति र रुपाकुमारी पौडेल तमानखोलामा देवेन्द्र छन्त्याल, मोहित छन्त्याल, फाराम देवी छन्त्याल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
जिल्ला सदस्य अल्सख्यक महिला तर्फ केशमायाँ छन्त्याल निर्विरोध निर्वाचित भएकी छन भने खुल्ला तर्फ निर्वाचन भएको छ । त्यस्तै मजदुरमा टंकराज सुवेदी, अपांगमा झक्त बहादुर कुँवर निर्विरोध निर्वाचित भएका हुन ।
अध्यक्ष र उपसचिव सँगै २४ जना खुल्ला सदस्य र भुगोल तर्फ काठेखोला गाउँपालिका अन्तरगत र अल्पसंख्यक खुल्लाका लागि लागि निर्वाचन भएको हो । खुल्ला सदस्यका लागि ३६ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । खुल्ला सदस्यमा अनन्त बहादुर खड्का, अमर थापा, इश्वरलाल राजभण्डारी, कुलबहादुर कार्की, कृष्ण अधिकारी, कृष्ण प्रसाद आचार्य, खगेन्द्र पौडेल, खिम बहादुर थापा मगर, घनश्याम चालिसे, चन्द्र गणेश, जितबहादुर क्षेत्री (राजन) ठाकुर जिसी, डिल्ली प्रसाद सापकोटा, दिपक गौतम, दिपक बहादुर रायमाझी, दिपेन्द्र पुन, नेत्रबहादुर विष्ट, पवित्रा रोका, पुनम प्रसाद शर्मा, प्रेमबहादुर केसी, प्रेम लामिछाने, बालकृष्ण शर्मा, भुपेन्द्र खड्का यामबहादुर श्रीष थाप रहेका छन । त्यसैगरी सदस्यहरुमा नै रुद्र पौडेल, रुद्रबहादृर महत क्षेत्री, रेशम प्रसाद शर्मा, लोकेन्द्र बहादुर केसी विदुर पौडेल, विश्व गौतम, शिव शर्मा, शेखर खड्का , सन्दीप खड्का, सम्पन्न श्रेष्ठ र होमनाथ सापकोटाको उम्मेदवारी दिएका छन । ३६ मध्ये २४ जना निर्वाचित हुने छ ।
त्यसैगरी अल्पसंख्यक तर्फ अस्तज हुसेन, ढालेन्द्र शेरचन, ताल बहादुर छन्त्याल बेदबहादुृर छन्त्याल र सलिल दिनको उम्मेदवारी परेको छ । यसबाट दुई जना मात्र निर्वाचित हुने छ । भुगोल तर्फ काठेखोला गाउँपालिका अन्तरगतका २ खुल्ला सदस्यका लागि खिमबहादुर कार्की, खुम बहादुर भण्डारी, टोप बहादुर कार्की, बेल जिसी क्षेत्री , सन्दिप कंडेल, हरि कुँवर र हिमबहादुर क्षेत्रीले उम्मेदवारी दिएका छन भने महिलामा शारदा थापा चित्रकला निर्विरोध निर्वाचित भएकी छन । कुल ६ सय ५० जना प्रतिनिधिले निर्वाचतमा मतदान गर्ने छन । आईतबार दिउँसो देखि सुरु भएको मतदान सकिए लगत्तै मतगणना गर्ने निर्वाचन समितिले जनाएको छ ।