बागलुङ - मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले आगामी स्थानिय तहको निर्वाचनमा जनप्रतिनिधि रोज्दा गएको पाँच वर्षको समिक्षा गरेर जनप्रतिनिधि रोज्नुपर्न बताए । मानवअधिकार तथा शान्ति समाजले आयोजना गरेको हिमालय बचाउ, नदी जोगाउ बिषयक प्रवचन कार्यक्रममा बोल्दै पहाडीले अब जनताले मालिक मुखी भन्दा पनि सेवा मुखी जनप्रतिनिधि रौज्नुपर्ने बताए । पहाडीले गएको पाँच वर्षमा कुनदलको प्रतिनिधिले कस्ता काम ग¥यो कुन जनप्रतिनिधि जनताको सेवामा तल्लिन भयो त्यसको समिक्षा आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने बताए । उनले कुनै राजनितिक दल भन्दा पनि जनताको सेवा र समाजको विकास कसले गर्छ त्यो हेर्न आवश्यक रहेको बताए । पहाडीले आसन्न निर्वाचनमा मित्रवत प्रतिष्पर्धा गर्न दलहरुलाई आग्रह गरेका छन् । उनले गुणस्तीय स्वास्थ्य क्षिाकालागि प्रश्नगर्ने बेला आएको समेत बताए ।
पहाडीले नदी, हिमाल र प्राकृतिक सम्पदा दोहन र त्यसबाट सिर्जना भएका समस्या बारेमा समयमा सचेत बन्न पनि आग्रह गरे । उनले पछिल्लो समय पानीकालागि युद्ध हुने खतरा भएको भन्दै नेपालका हिमाल, नदी र खोला बचाउनुपर्ने धारणा राखे ।
शक्ति राष्ट्रहरुले पानीका श्रोतमा आँखा लगाएको टिप्पणी समेत गरे । नेपालका नदी र हिमाल दोहनका कारण फेरी अशान्ति फैलन सक्ने समेत उनको भनाइ छ ।
युद्द बिरुद्ध शान्ति समाज निरन्तर लाग्ने भन्दै शान्ति प्रकृयाकालागि भने पसिना बगाउने उनको भनाइ छ । बिकासमुखी राजनीति, सेवामुखी प्रशासन र उद्यममुखी समाजकालागि निर्वाचन हुनुपर्ने जोड दिए । ‘संसारभर बिदेश नीति हेरेर मतदान गर्ने चलन छ, तर हामी नेतामुखी भोट दिंदैछौ’, उनले भने, ‘नेतामुखी भएकोले बिकास भन्दा भ्रष्टाचार बढेको हो ।’ उनले गुणस्तरीय स्वास्थ्य र बैज्ञानिक शिक्षा बिषयमा सबैको चासो बढ्नुपर्ने समेत बताए ।
अभियानको क्रममा शान्ति समाजका केन्द्रीय सभापति गोबिन्द खनाल, सल्लाहकारहरु होमकान्त चौलागाई उत्तम पुडासैनी समाजका उपाध्यक्ष कृष्ण रावल, महासचिव रामकृष्ण बराल, सचिव बाबुहरी आचार्य लगायतल आणविक हतियार बिरुद्ध, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षाको विषयमा बोलेका थिए । कार्यक्रम मानव अधिकार तथा शान्ती समाज बागलुङ शाखाका सभापति हरि प्रसाद शर्मा हरिषको अध्यक्षता, निवर्तमान सभापति लक्ष्मीकान्त पौडेल राजेन्द्रको स्वागत र सचिव निलकण्ठ शर्माको संचालनमा सम्पन्न भएको थियो ।