स्व.हेमराज शर्मा पौडेलको आठौं स्मृतिमा सम्मान तथा पुरस्कार

  • असार ५, २०८१

बागलुङ -    बरिष्ठ समाजसेवी तथा शिक्षा साधक स्वर्गिय हेमराज शर्मा पौडेलको आठौं स्मृति दिवसमा समाजसेवी सम्मान तथा बिद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ । 
हेमराज शर्मा पौडेल प्रतिष्ठान बागलुङ नगरपालिका १३ पैयुँपाटाले शर्माको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा साहित्यकार काजी रोशनलाई समाजसेवी सम्मान प्रदान गरेको हो ।  धौलागिरि क्षेत्रमा साहित्य सँगै शिक्षा र सामाजिक क्षेत्रमा स्वर्गिय पौडेलसँगै सहयात्रा गरेका काजी रोशनलाई यस वर्षको समाजसेवी सम्मान प्रदान गरिएको हो । धौलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष समेत रहेका उनलाई नगद पाँच हजार रुपैयाँ सहित सम्मान गरिएको हो । 
प्रतिष्ठानले धौलागिरि बहुमुखी क्याम्पसमा स्नातक तहमा सर्वोत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने छात्रा प्रतीक्षा गौतम, त्रिभुवन माध्यमिक विद्यालय पैयुँपाटाका जेहन्दार छात्र रमेश परियार छात्रा सुरक्षा शर्मा, जनमत माध्यामिक विद्यालय बास्कोटमा अध्ययनरत छात्र सिजन रिजाल र छात्रा विनिता नेपालीलाई हेमराज शर्मा स्मृति पुरस्कारबाट पुरस्कृत गरिएको छ । उनिहरुलाई प्रतिष्ठानको तर्फबाट जनही २ हजार ५ सय रुपैयाँ सहित छात्रबृत्ति पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष किरणराज पौडेलले जानकारी दिए  । स्वर्गिय पौडेलले आफै स्थापना गरेको सम्मान तथा पुरस्कार उनकै स्मृति दिवसको अवसरमा प्रतिष्ठानले प्रत्येक वर्ष  प्रदान गर्दै आएको छ । May be an image of 12 people and text
सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै धौलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक डा. रामप्रसाद उपाध्यायले स्व. हेमराज शर्मा पौडेलले गरेको योगदानको सबैले अनुसरण गर्दै जानुपर्ने बताए । उनले धौलागिरी क्षेत्रको शिक्षा र सामाजिक क्षेत्रमा पौडेलको योगदान अथक रहेको बताए । उपाध्यायले हेमराज पौडेल राजनितिक र सामाजिक क्षेत्रमा एक उदाहरणीय पात्र भएको हँुदा उहाँले बनाएका हरेक सरचनाको संरक्षण सँगै अझै विकसित गर्नुपर्नेमा जोड दिए । 


कार्यक्रममा सम्मानित व्यक्तित्व साहित्यकार काजी रोशन, स्थानिय समाजसेवी उमानाथ शर्मा, त्रिभुवन माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष डा. रामबहादुर खत्री, बलेवा पैयुँपाटा बलेवा पैयुँपाटा बहुमुखी क्याम्पस सञ्चालन समितिका अध्यक्ष चूडामणि शर्मा पौडेल लगायतले स्वगिर्य शर्माको सामाजिक भावनाको सवैले कदर गर्नुपर्ने बताए ।

 
कार्यक्रममा हेमराज शर्माको योगदानमा आधारित लोकलयमा आधारित गित लोकार्पण गरिएको थियो । गितको रचना प्रेम गायकले गरेका छन भने कृष्ण केसीको स्वर र एरेन्ज रहेको छ । यस गितमा संगित भने संगितकार थानेश्वर गौतमले गरेका छन । गितको व्यवस्थापन र रेकर्डिङ हेमराज शर्मा प्रतिष्ठानले गरेको छ । पौडेलको २०७४ सालमा ८६ वर्षको उमेरमा निधन भएको थियो । 


प्रतिष्ठानका अध्यक्ष किरणराज शर्मा पौडेलको अध्यक्षता तथा स्वागतमा सम्पन्न कार्यक्रमको संचालन  सचिव कृष्ण प्रसाद पौडेलले गरेका थिए । 

प्रतिक्रिया