रास्वपा बागलुङको सभापतीमा पुनम शर्मा

  • जेठ २३, २०८३

बागलुङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको जिल्ला सभापतीमा पुनम शर्मा सर्वसम्मत चयन भएका छन । शनिबार बागलुङको गलकोटमा भएको प्रथम अधिवेशनबाट  शर्मा सर्वसम्मत रुपमा सभापति चयन भएका हुन् । शर्मासँगै सभापतीको उम्मेदवारी दिएका ढालेन्द्र रायमाझी भने उपसभापतीमा चयन भएको निर्वाचन समितिले जनाएको छ ।

 सचिवमा लाल बहादुर खत्री (बबिन) सहसचिवमा पुष्पा आचार्य र कोषाध्यक्षमा डुक मल्ललाई सर्वसम्मत चयन भएको अधिवेशनमा सहभागी रास्वपा बागलुङ  नगरका सहसचिव महेन्द्र रिजालले जानकारी दिए । 

सभापतिको लागि ४ जनाको उम्मेदवारी परेपनि शर्माको नाममा सर्वसहमती जुटेको उनले बताए । सभापतिमा पुनम शर्मा, खिमानन्द पौडेल, ढालेन्द्र रायमाझी र मनोज खड्काले उम्मेदवारी दर्ता गरेका थिए ।

सभापतिमा उम्मेदवारी दर्ता गरेका रायमाझीले आफुलाई उपसभापति बनाएकोमा असन्तुष्टी जाहेर गरेका छन् । संघीय सांसद सुशिल खड्का, सोम शर्मा र रास्वपा गण्डकी प्रदेश समितिका सदस्य चित्र बहादुर थापा सहितको निर्वाचन समितिले सभापतिका उम्मेदवारहरुबाट शर्माको नाम घोषणा गरेको हो । अधिवेशनमा सहभागी काठेखेला गाउँपालिकाका सचिव भरत सापकोटाले भने बाहिर शर्मा सर्वसम्मत भन्ने हल्ला आएता पनि निर्वाचन समितिले पुर्ण रुपमा नटुंगाएको बताए । उनले अधिवेशन परिचालन समितिले स्थगन गरियो भनेपछि आफुहरु बाहिरिएको बताए । तर पछि शर्मा सर्वसम्म भएको समाचार बाहिर आएको सापकोटा बताउँछन । यस अघि नै निवर्तमान सभापति महेन्द्र खड्काको समुहले ढालेन्द्रलाई सभापति बनाउने गरी टुंगो लगाएको थियो । सवै टिमको टुंगो लगाएपनि पछि पुन शर्मालाई निर्वाचन समितिले सभापती बनाउँदा एकाएक विवाद भएको अधिवेशनमा सहभागी एक नेताले बताए ।  जिल्लाका रास्वपाका अन्य केही नेताहरुले पनि रास्वपा बागलुङ अधिवेशन नटुंगिएको र केन्द्रको निर्देशन पश्चात मात्र टुंगीने भन्दै सामाजिक सञ्जालमा राखेका छन ।  

 

 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय