बागलुङ- गण्डकी प्रदेश सभा सदस्य एवं पुर्व मन्त्रि दिपेन्द्रबहादुर थापाले जल र जमिन जोगाउनु सबैको कर्तव्य भएको बताए । मानव जिवनका लागि अत्यावश्यक प्राकृतिक स्रोतको सदुपायोग गर्ने तर दुरुपयोग गर्न नहुनेमा उनले जोड दिए । भू तथा जलाधार व्यवस्थापन कार्यालय कुश्मा पर्वतले शुक्रबार बागलुङमा आयोजना गरेको बार्षिक समिक्षा गोष्ठिमा सहभगि हुँदै थापाले सबैले जल, जमिन र जंगलको संरक्षणमा जोड दिनुपर्ने बताए । उनले भूक्षय रोक्न, भूक्षयका कारणको पहिचान गर्न र जमिन तथा जल सम्पदा जोगाउनका लागि प्रदेश र स्थानिय सरकारले सोही अनुसारको निती बनाउने र बजेटको व्यवस्थापन गर्नुपर्ने बताए । थापाले भूतथा जलाधार क्षेत्रमा भैरहेको क्षयीकरण र त्यसले मानव जीवनमा पारिरहेको असरको बिषयमा चिन्ता व्यक्त गरे । बिकासका नाममा जमिन भत्काउने तर भू–क्षय जोगाउनेगरी प्रयासनै नगर्दा बस्ति बस्तिमा समस्याहरु देखा पर्ने गरेको थापाको भनाई थियो ।
कार्यक्रममा समय यस्तो बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले भू तथा जलाधार क्षेत्रमा बजेटनै कमी आउने, स्थानीय तहले पहिचान गरेका योजनामा संघ र प्रदेशले वेवास्ता गर्ने, पहुँचको आधारमा बजेटको वितरणले पीडिले न्याय नपाउने बताईन । उनले भूतथा जलाधारको संरक्षणलाई प्राथमितामा राख्नुपर्ने बताईन् ।
परम्परागत पानीको बाटो मासिनु, भूक्षय रोक्ने बृक्षारोपणमा ध्यान नपुग्नु, बिना जाँच भत्काउने काम गर्ने लगायतका कारणले भूक्षयका समस्या दिनदिनै बढ्दै गएको प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले बताए । उनले सरकारी सम्पत्ति र जमिनहरुको संरक्षण सबै नागरिकको दायीत्व हुनेमा जोड दिए ।
कार्यक्रममा भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले चालु वर्षमा सम्पादन गरेको कामको बारेमा जानकारी गराईएको थियो । कार्यालयले आर्थिक बर्षमा ९५ प्रतिशत भौतिक र ८९ प्रतिशत बित्तिय प्रगति गरेको बिबरण सार्वजनिक गरेको छ ।
कार्यालयले बागलुङमा संरक्षण तथा प्रबद्र्धन क्षेत्रका ४७ योजना सम्पन्न गरेको छ । पहिरो नियन्त्रण, कटान क्षेत्रको नियन्त्रण, पोखरी संरक्षण लगायतका भू तथा जलाधार क्षेत्रको संरक्षण सँग जोडिएका ४७ वटा योजनामा काम कार्यालयका बरिष्ठ जलाधार व्यवस्थापन अधिकृत दिवाकर पौडेलले जानकारी दिए । कार्यालयले पानीका मुहा संरक्षणका १४, पोखरी निर्माण तथा मर्मतका १३ र पहिरो तथा नदीकटानका बाँकी योजना सहित ४७ योजनामा काम गरेको हो । शुक्रबार कार्यालयको प्रगति बिबरण प्रस्तुत गर्दै कार्यालय प्रमुख दिवाकर पौडेलले थोरै बजेट र धेरै कार्यक्षेका बाबजुध बागलुङ जिल्लामा सतप्रतिशत योजनाको काम सकेको बताए ।
कार्यालयले आगामि आर्थिक बर्षमा जिल्लाका दशवटै स्थानीय तहमा बिभिन्न योजना सञ्चालन गर्ने जनाएको छ । जैमिनी नगरपालिकामा १५ लाख रुपैयाँका तीन योजना, बागलुङ नगरपालिकामा ७५ लाख रुपैयाँका १६ योजना, काठेखोला गाउँपालिकामा ४७ लाख रुपैयाँका दश योजना र गलकोट नगरपालिकामा १५ लाख रुपैयाँका तीन योजना बिनियोजन भएको पौडेलले बताए ।
त्यस्तै ताराखोला गाउँपालिकामा ४ लाख रुपैयाँको एउटा मात्रै योजना छभने तमानखोलामा ८ लाखका दुई योजना, बरेङ गाउँपालिकामा दश लाखकका दुई योजना, निसीखोलामा ११ लाखकका तीन योजना, ढोरपाटनमा १६ लाखकका चार योजना र बडिगाडमा दश लाखका दुई योजना बिनियोजन भएको उनले बताए । भू तथा जलाधार संरक्षणमा राज्यको कम ध्यान जाने गरेको बताए । अहिले भू तथा जलाधार संरक्षणको बिषय पछिल्लो समय प्राथमिकतामा राख्नुपर्ने बिषय बनेको उनको धारणा थियो ।
जिल्ला समन्वय समितिका उपप्रमुख होमनाथ शर्माको अध्यक्षता, कार्यालयका भू संरक्षण अधिकृत सुमन भट्टराईको स्वागत र दुर्गा प्रसाद शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।