• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • अर्थतन्त्र

बागलुङ महोत्सवको आर्कषण ‘मेड इन’ बागलुङ

  • पुस १८, २०८२

नारायण रिजाल बागलुङ, - पौष ११ गते देखी आठौँ बागलुङ महोत्सव चलिरहेको छ । महोत्सवमा विभिन्न व्यापारिक स्टलहरुसँगै स्थानिय  उद्योगी व्यवसायले उत्पादन गरेका बस्तुहरु पनि व्यापारका लागि राखिएको छ । स्थानिय रुपमा उत्पादन भएका बस्तुहरुको ‘मेड इन’ बागलुङको  नाम दिएर छुट्टै स्टलको व्यवस्थापन गरिएको छ । तिनै स्टलहरुमा यहाँ उत्पादन हुने बस्तुहरु साथै कृषि प्रदर्शनी समेत राखिएको छ । 
स्टलमा बागलुङ नगरपालिका–१३ पैयुँपाटामा रहेको लक्ष्मी होजिरिया उद्योगमा उत्पादित ऊनका विभिन्न कपडाहरु, बागलुङ नगरपालिका–२ मा रहेका सुर्या ढाका उद्योगमा उत्पादन ढाका कपडा, बडिगाड गाउँपालिका बडिगाड गाउँपालिका—७ भिमगिठेका लोकबहादुरक केसीले उत्पादन गरेको मह, विहुँमा उत्पादन हुने सुन्तला लगायतका बस्तुहरु रहेका छन । यति मात्र हैन बागलुङमा उत्पादन हुने डाला, नाङ्ला काठका डेका डेकी पनि महोत्सव स्थलमा राखिएको छ ।  महोत्सव हेर्न आउने दर्शकका मन तिनै स्थानिय उत्पादनले जितेका छ । 
स्थानिय उद्योग र स्थानिय उत्पादनलाई प्राथमिकता दिने उद्देश्यका साथ यहाँका बस्तुहरु विक्री वितरणका लागि निःशुल्क स्टलको व्यवस्थापन गरिएको छ । जसले गर्दा व्यवसायीलाई सहयोग पुगेको आयोजक बागलुङ उद्योग बाणिज्य संघले जनाएको छ । 
आफुहरुले उत्पादन गरेको बस्तुलाई महोत्सव मार्फत प्रचारप्रसार गर्नुका साथै विक्रि वितरण गर्ने अवसर पाउँदा अझै उत्पादनमा बृद्धि गर्ने हौसला मिलेको लक्ष्मी होजरिया उद्योगका संचालक लक्ष्मी क्षेत्र बताउँछिन । उनले गाउँमा नै उद्योग संचालन गरेर यस्तै मेला महोत्सव मार्फत आफ्नो उत्पादनको बजारीकरण गरेको बताईन । ‘गाउँघरमा नै केही गरौँ भन्ने उद्देश्यले होजिरिया उद्योग संचालनमा ल्याएकी छु । बजारीकरणका लागि यस्तै मेला महोत्सवमा पुग्ने गछौंँ , क्षेत्रीले भनिन एउटा स्विटरको ६ सय देखी १५ सय सम्म पर्छ, यसको व्यवापार पनि सन्तोसजनक नै छ । छोरा सुनिल केसीको गर्भिलो साथमा उद्योग संचालन गरेकी लक्ष्मीले मेला महोत्सवमा स्थानिय उत्पादनलाई प्राथमिकता दिएता पनि यसको प्रयोग गर्नका लागि कम मात्राले चासो दिँदा कहिलेकाही निसाशा समेत छाउने बताईन । उनले विशेष गरी जाडो समयमा ऊनीका कपडाहरु राम्रो विक्री हुने बताईन । लक्ष्मीले मेला महोत्सवमा मात्र विक्रि वितरण गर्दिनन उनले विभिन्न विद्यालयमा आवव्यक स्कुल पोशाक पनि निर्माण गर्ने गरेको बताउँछिन । स्थानिय उत्पादन राम्रो र बलियो हुन हुँदा आम उपभोक्ताको रोजाईमा परेको लक्ष्मीको भनाई छ । 
महोत्सवमा यहाँ उत्पादन हुने ढाकाका कपडा पनि दर्शकहरुको नजरमा परेका छन । ढाकाबाट  तयार पारिएका साडी, ब्लाउज, चोलो, कोट लगाएतका कपडा दर्शकको रोजाइमा परेको ढाका उद्योग संचालक शान्ति थापा बताउँछिन । महोत्सवमा जिल्लाको बाडिगाड गाउँपालिकामा उत्पादन भएको लोकल र अर्गानिक मह पनि  दर्शकको रोजाईमा परेको छ । जाडो समय भएका कारण मह खरिद गरेर फर्किने धेरै रहेको लोकबहादुर केसी बताउँछन । ‘बडिगाड गाउँपालिका भित्रका विभिन्न वडामा उत्पादन भएका बस्तुहरु सबै लिएर आएको छु,’ उनले भने,‘अर्गानिक मह, लोकल घिउ, अचार, भाङ्गो, सिस्नोको धूलो, दुनाटपरी, कोदोको पिठो, टिमुर, किबी लगायतका बस्तुहरु सबै हाम्रो पालिकाभित्र उत्पादन भएका छन् ।’ यस क्षेत्रमा उत्पादन भएको किबी, भाङ्गो, टिमुर,  बडिगाड—७ मा उत्पादन भएको कोदोको पिठो, मह, दुनाटपरी,  बडिगाड—५ मा उत्पादन भएको घिउ लिएर महोत्सवमा आएको उनले बताए ।
बागलुङ जिल्लाभर उत्पादन भएका बस्तुहरुको विक्री वितरण, प्रवद्र्धन र बजारीकरणका लागि मेड इन बागलुङको अवधारणा अनुसार बागलुङमा महोत्सवमा निःशुल्क स्टल उपब्ध गराएको मेड इन बागलुङ कार्यक्रमका संयोजक सुदिपसागर कँडेलले बताए । 
‘बागलुङ जिल्लाका १० वटै पालिकामा उत्पादन भएका स्थानीय उत्पादन, कृषि उपजको प्रदर्शनी र बिक्री वितरणका लागि हामीले निःशुल्क स्टल उपलब्ध गराएका छौं,’ उनले भने,‘घरेलु उत्पादनका सामग्री बिक्री गर्न आउने सबै स्टललाई कुनै पनि पैसा लाग्दैन ।’ यसबाट स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे । महोत्सवमा दुई सय बढि व्यापारिक स्टलहरु रहेका छन् । महोत्सवमा रमाईलो मेला, दोहोरी गित प्रतियोगिता, पुरुष भलिबल, महिला भलिबल प्रतियोगिता, लठ्ठो तान्ते प्रतियोगिता पनि संचालन भएको मुल आयोजक समितिका संयोजक एव बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्यले बताए । 
बागलुङमा महोत्सवमा बिक्रीका लागि राखिएको बडिगाडमा उत्पादिन स्थानीय बस्तु । 

प्रतिक्रिया