क्रिकेटर करण केसी  र सुवास भण्डारीलाई गृह जिल्लामा सम्मान

  • चैत ८, २०७९

बागलुङ- नेपाली क्रिकेटर करण केसी र सुवास भण्डारीलाई गृह जिल्ला बागलुङमा सम्मान गरिएको छ ।  बागलुङ नगरपालिका कार्यालयले बुधबार राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण र यू–१९ टोलीका सदस्य सुवासलाई नगद सहित सम्मान गरेको हो । नगरपालिकाले नेपाली क्रिकेटलाई विश्वकप छनोटमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने करणलाई १ लाख रुपैयाँ नगद र यू–१९ टोलीलाई विश्वकपमा पु¥याउने सुवासलाई ५० हजार रुपैयाँ नगदसहित गरेको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए ।  राष्ट्रिय क्रिकेट टिमका सदस्य करणले  सुवासले क्रिकेटमा उत्कृष्ट खेल खेल्दै नेपाललाई विश्वकपमा सहभागिता गराउने भुमिकामा सफल भएको र नेपालकै नाम उज्वल बनाउन महत्वपूर्ण योगदान दिएको भन्दै नगरपालिकाले सम्मान गरेको हो । 
करण बागलुङ नगरपालिका ८ सिंगानाका हुन भने सुवास काठेखोला गाउँपालिका–१ पालका हुन । दुवै खेलाडीलाई गण्डकी प्रदेश सभा सदस्य दिलमायाँ पौवी, नगरप्रमुख बसन्तकुमार श्रेष्ठ उपप्रमुख राजु खड्काले दोसल्ला ओडाएर सम्मान गर्नुका साथै नगद हस्तान्तरण गरेका थिए । 
करण र सुवासले नेपाली खेलकुद क्षेत्रमा नाम लेखाउन सफल भएका कारण विश्वकप जित्नका लागि अझै हौसला प्रदान गर्न सम्मान गरिएको नगरप्रमुख श्रेष्ठले बताए । उनले नयाँ खेलाडी उत्पादनमा सहयोग पु¥याउने र पूर्वाधार बनाउन प्रतिबद्ध रहेका बताए । सम्मान कार्यक्रममा  गण्डकी प्रदेशकी सांसद दिलमाया पौबीले खेलाडी राष्ट्रका गहना भएकाले उनीहरुको जीवन निर्वाहको लागि राज्यले विशेष ध्यान दिनुपर्ने बताईन । 
सम्मानित भएपछि बोल्दै क्रिकेट खेलाडी करणले गृह जिल्लामा सम्मानित हुन पाउँदा आफूलाई क्रिकेटमा समर्पित गर्न थप प्रेरणा दिएको बताए । उनले यो हौसला  जिम्मेबारी थप बढेको बताउँदै त्यसलाई खेलकुदमा रुपान्तरण गर्ने बताए । आफु माथि दर्शक र शुभचिन्तकले गरेको आशा र भरोसा तोड्न नदिने प्रतिबद्धता व्यक्त गरे । 
आईसीसी विश्वकप लिग टु का खेलमा करणले कुल ५० विकेट लिंदै सानदार प्रर्दशन गरेका थिए । करण नेपाली सिनियर राष्ट्रिय क्रिकेट टोलीका फास्ट बलर अलराउण्डर हुनभने सुवास यू–१९ क्रिकेट टोलीका स्पिनर हुन् । 
कार्यक्रम नगरप्रमुख बसन्त कुमार श्रेष्ठको अध्यक्षत निमित्त प्रमुख प्रशासकिय अधिकृत धनप्रसाद पोखरेलको स्वागत र शिक्षा अधिकृत गौरव रानाको संचालनमा सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया