बागलुङको ताराखोला गाउँपालिकामा गठबन्धका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका धन बहादुर बिक १९५ मतान्तरले बिजयी भएका छन ।
बिकले २ हजार २८५ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी निर्वतमान गाउँपालिका अध्यक्ष स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले पुतली चिन्हमा २ हजार ९० मत प्राप्त गरेका छन । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका भिम बहादुर रोका बिजयी हुनुभएको छ । उपाध्यक्षमा नेकपा एमालेकी प्रतिद्वन्द्वी छममाया घर्ती भएका हुन। उपाध्यक्षमा भिम बहादुर रोकाले ३ हजार ४०३ मत प्राप्त गरेर बिजयी हुनुभएको छ भने घर्तीले ५६१ मत प्राप्त गरेका छन ।
यस्तै पालिकाका पाँच वडामै गठबन्धका उम्मेदवार विजयी भएका छन् । ताराखोला गाउँपालिका–१मा यम ब श्रीस, २ मा भद्र घर्ति, ३ मा कर्ण बहादुर भण्डारी, ४ जित बहादुर खत्री र ५ नम्बर वडामा मन बहादुर खत्री बिजयी हुनुभएको छ । गाउँपालिकामा वडा सदस्य बाहेकको पदमा गठबन्धको प्यानलै बिजयी भएका हुन ।