काँग्रेस वडा अधिबेशनमा सहमति बोर्ड, राम्रालाई  हैन हाम्रालाई प्रोत्साहन

  • असोज ७, २०७८

सुजन सापकोटा- नेपाली काँग्रेसको १४ औं महाधिवेशन यहि भाद्र १८ गते देखि सुरु भयर आज सम्म वडा स्तरिय रुपमा करिब ५७ जिल्लामा वडा अधिबेशन सम्पन्न भयको त्यो मध्य न्यून रुपमा मात्र वडामा मतदान सहितको अधिबेशन भयो ,केन्द्रिय महाधिवेशन प्रतिनिधि ,जिल्ला सभापति सबै जना वडा बाट नै क्षेत्रीय प्रतिनिधि भएर आउनु पर्ने हुँदा ,अग्रज नेताहरु धेरैले आफ्नो वडामा मतदान सहितको महाधिवेशन गर्नको लागि तयार हुदैनन् । कतै आफैलाइ आफ्नो कार्यबिधी हेरेर वडा बाटै बाहिरिन्छ कि भन्ने डररे उहाँहरु सहमतिको बोर्ड बनाउन तर्फ बढी अग्रसर बनेको देखियो प्राय जसो ठूलो नेताहरु अधिबेशन कि चुनाबको बेला मात्र गाउँ तिर जाने चलन धेरै देखिन्छ

वडा अधिबेशनमा धेरै जसो वडामा सहमती गर्नको लागि तिनै उम्मेदवार दिएका ब्यक्तिहरु बोर्डमा बसेर  अनि आफ्ना खेमाका ब्यक्तिहरुलाइ टिका लगाउदै लिस्ट सार्बजनिक गर्ने परिपाटी देखियो नेपाली काङ्ग्रेसको कुनै बिधानमा छैन कि उम्मेदवार रहेकै ब्यक्ती सहमती गर्ने बोर्डमा बस्ने ,अनि सम्पुर्ण उम्मेदवारको हस्ताक्षर साथ बोर्डले गरेको निर्णय मान्य गर्नेछौ भनेर सहमति गराउने, उनै ब्यक्तिले आआफ्नो नाममा यो त्यो भनेर अघिपछी लाग्ने ब्यक्तिको नाम राख्ने अनि दिन रात त्यही ठाउमा बसेर काम गर्ने ब्यक्तिलाइ गलत्ताउने नियम उहाँहरुले भित्रबाट ल्यायर निर्णय सुनाएपछी कोहि केही बोल्न नपाइने यो कस्तो विधि पद्धति हो ?

हामिले रोजेर खोजेको काँग्रेस यहि होत? त्यसै माथी अझ युवा पंक्तिका ब्यक्तिले दिको उम्मेदवारीमा तिमीहरु अझै साना छौँ ,अग्रजले दुख गर्नुभएको उहाँहरुलाइ लगौ भनेर काम गर्ने सक्षम ब्यक्तीलाई पछारिको देखिन्छ उम्मेदवार बिच प्रतिस्पर्धा नै गराएर चुनाब जितेको केबल - % मात्र देखियो यो कार्यले नयाँ कृयाशिलको पार्टी प्रतिको उत्साह ,आफ्नो काम गर्ने जागर लाई ह्रास ल्याउदै आएको हो अग्रजहरुलाइ सरसम्मान गर्नुपर्छ,उहाँहरुले गरेको पार्टी प्रतिको योगदानलाइ कदर गरिनु पर्छ तर यो भनिराख्दा अहिलेको यो सन्दर्भमा अरु पार्टी सग युग सग प्रतिस्पर्धा गर्ने नयाँ नेतृत्व किन हामी अगाडी सार्न बढाउन सकिँदैन?यो प्रश्न अहिलेका नयाँ युवा कृयाशिल साथिहरुको रहेको पाइन्छ

 

ने बि संघ

बागलुङ

प्रतिक्रिया