• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • स्थानीय सरकार

कांग्रेसको बागलुङ क्षेत्र नम्बर १ प्रदेश (ख) मा श्रीष पक्षको प्यानलै बिजयी

  • मङ्सिर ५, २०७८

नेपाली कांग्रेसको बागलुङ क्षेत्र नम्बर १ प्रदेश (ख) को सभापतिमा दल बहादुर श्रीस राना विजयी भएका छन । शनिबार भएको निर्वाचनमा रानाको प्यानलै बिजयी भएकाे हो । रानाले प्रतिस्पर्धी धनबहादुर शाही विकासलाई १ सय ५० मतान्तरले पराजित गरेका ५न । 
४ सय ५६ मत खसेकोमा श्रीसले २ सय ९३ मत प्राप्त गरेका थिए भने शाहीले १ सय ४३ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ । उपसभापतिमा नारायणस्थानका टेकनारायण शर्मा र बरेङका रुद्रहरी शर्मा निर्वाचित भएका छन् भने रामप्रसाद अधिकारी पराजित भएका हुन। निर्वाचित उम्मेदवारले क्रमश ३३९, र २९३ मत पाप्त गरेका थिए भने  अधिकारीले १८६ मत प्राप्त गरेका थिए ।

सचिवमा बालकृष्ण शर्मा र लक्ष्मीप्रसाद सापकोटा निर्वाचित भएका छन् भने कृष्ण शर्मा र टेकबहादुर राना पराजय भएका छन् । निर्वाचित शर्माले ३०८, सापकोटाले २७० र पराजित हुने कृष्ण शर्माले १९५ र टेक बहादुर रानाले ८० मत प्राप्त गरेको निर्वाचन अधिकृत तिलक आचार्यले जानकारी दिए । सहसचिवमा ओमबहादुर क्षेत्री र विशन शर्मा निर्वाचित भएका छन् । क्षेत्रीले  ३४९ मत प्राप्त गरेका छन भने शर्मा ले ३२१ मत प्राप्त गरेर निर्वाचित भएका हुन । 

प्रदेश महाधिवेशन प्रतिनिधि खुल्ला तर्फ ईन्द्रराज पौडेल, ईश्वर ठाकुर पौडेल, कमलराज सापकोटा, प्रभाकर पौडेल, मोतीराम गौतम, लक्ष्मीकान्त शर्मा र सुमन भुषाल निर्वाचित भएका छन् । खुल्ला महिला तर्फ उषा पौडेल र कमलादेवि शर्मा  र  राधिका कुँवर निर्वाचित भएका छन् । त्यसैगरी खस/आर्य पुरुष तर्फ प्रेम सापकोटा र श्रीकृष्ण पौडेल, खस आर्य महिलामा दिपा गौतम पाैडेल, आदिवादी/जनजातीमा लेख बहादुर थापा, आरक्षण जनजाति महिलाबाट माया थापा निर्वाचित भएकी छिन् । दलितबाट महाधिवेशन प्रतिनिधिमा केन्द्र बहादुर सुनार सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । अल्पसंख्यक, मुस्लिम तथा अपांग कोटाबाट निल प्रसाद शर्मा सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ । प्रदेश सभामा देउवा र पौडेल पक्षको प्यानलै सहित चुनावी मैदानमा उत्रिएका थिए । श्रीष सहित सवै पौडेल समुहकै उम्मेदवारले निर्वाचन जितेका छन । 

प्रतिक्रिया