हटिया देखी ताराखोला जाँदै गरेको जिप दुर्घटना ७ जना घाईते

  • असोज १८, २०८०

बागलुङ - बागलुङको ताराखोलामा जिप दुर्घटना हुँदा ७ जना घाईते भएका छन । विहिबार दिउँसो करिब ४ः५० बजेको समयमा गलकोटको हटिया देखी ताराखोला जाँदै गएको ग१ज ६५४० नम्बरको बोलेरो जिप दुर्घटना हुँदा जिपमा सवार ७ जना घाईते भएका हुन ।  जिप ताराखोला गाउँपालिका–३ मन्यौला भन्ने ठाउँमा सडक देखी अन्दाजी २५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक मदन केसीले जानकारी दिए ।
घाईते हुनेमा ताराखोला गाउँपालिका–५ चरौदीकुनाका १८ बर्षिय मिलन सापकोटा, ताराखोला–४ दर्लमचौरका ४१ बार्षिया कमला खत्री, ताराखोला– २ अर्गलका ७० बर्षिय भिमबहादुर रोका, ताराखोला–५ दकदकेका ३६ बार्षि रवि परियार, १८ बार्षिया सुशिला परियार र ६१ बार्षिया शिवकुमारी दर्जि रहेको प्रनाउ केसीले जानकारी दिए ।  जिपका चालक ४६ बार्षिय चित्रबहादुर रोका भने सकुशल रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाईते सवैको गलकोट हरिचौरमा रहेको गलकोट नगर अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।  घाईतेहरु मध्ये मिलन सापकोटा र शिव कुमारी दर्जिलाई थप उपचारका लागि धौलागिरी अस्पताल बागलुङमा रेफर गरिएको गलकोट नगर अस्पतालका प्रमुख डा. राजेश पौडेलले जानकारी दिए । अन्यको सवैको अवस्था सामान्य रहेको बताईएको छ । उकालो सडकमा जिपको ब्रेक फेल भए पश्चात जिप पछाडी सर्न गरी दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।  
बागलुङको ताराखोलामा जिप दुर्घटना हुँदा ७ जना घाईते भएका छन । विहिबार दिउँसो करिब ४ः५० बजेको समयमा गलकोटको हटिया देखी ताराखोला जाँदै गएको ग१ज ६५४० नम्बरको बोलेरो जिप दुर्घटना हुँदा जिपमा सवार ७ जना घाईते भएका हुन ।  जिप ताराखोला गाउँपालिका–३ मन्यौला भन्ने ठाउँमा सडक देखी अन्दाजी २५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक मदन केसीले जानकारी दिए ।

प्रतिक्रिया