बागलुङ- जिल्लाको गलकोट नगरपालिकाकामा संचालित नगर उपप्रमुखसंग महिला कार्यक्रम अन्तरगत नगर उपप्रमुख दायित्व ग्रामिण महिला उद्यम बिकास कार्यक्रममा शुक्रबार उत्कृष्ट २० महिला उद्यमी घोषणा गरिएको छ । दायित्व सस्था संग गलकोट नगरपालिका सहकार्य गदैं संचालन गरेको ग्रामिण महिला उद्यम बिकास कार्यक्रममा शुक्रबार उत्कृष्ट २० महिला उद्यमी सार्वजनिक गदैं गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले गलकोटका सबे नागरिकलाई आर्थिक गतिबिधीसंग जोड्दै शसक्त बनाउने क्रममा अग्रसर रहेको बताए ।
उनले महिलाको क्षेत्रमा गलकोट नगरपालिकाले गरेको लगानी नतिजामुखी बनेको भन्दै उद्यमी महिलालाई आफ्नो निरन्तर उद्यमीशितालामा लाग्न आग्रह गरे । महिलालाई उद्यमी बनाउने योजना अनुसार गलकोट नगरपालिकाले नगरउपप्रमुख संग महिला कार्यक्रम नीति कार्यक्रममा समाबेश गरि संचालन गरिएको हो । नगर प्रमुख गैरेले महिलाहरु उद्यमीको रुपमा छनोटमा मात्रै छनोट नभएर कार्य दक्षता बृद्धि गर्न समेत सहभागि हुनुपर्ने बताए ।
कार्यक्रममा गलकोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचाले हरेक महिलाले आफ्नो क्षमता बिकास गर्न उद्यमी बन्नुपर्ने बताईन । उनले आफ्नो क्षमताको उजागर गदैं सृजनशिल उद्यमी बन्न आग्रह गरिन । उपप्रमुख काउचाले महिला आवश्यकता वा बाध्यताले मात्रै नभएर आफ्नो सृजनशिलताको आधारमा समेत उद्यमी बन्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा गलकोट नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष तीलक घर्ती मगर, गलकोट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्ण प्रसाद गौतम, कृषि संजाल हटियाका संयोजक गुमानसिंह खत्री, गलकोट बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडकी प्रवन्धक मिना श्रेष्ठले मन्तब्य राखेका थिए । । उत्कृष्ट ४० बाट उत्कृष्ट २० मा पर्ने महिला उद्यमी घोषणा तथा सम्मान कार्यक्रमको अवसरमा उत्कृष्ट २० मापर्ने महिला उद्यमीलाई प्रमाणपत्र सहित सम्मान समेतगरिएको थियो । उत्कृष्ट २० महिला उद्यमिको रुपमा हरिमाया सुवेदी, सुमिना कार्की सिता पुन मगर, कुमारी कार्की, नन्दकली पुन मगर, कौशिला घर्ती, कमला कुमारी थापा वोहोरा, बिनिता गलामी खत्री, जमुना थापा, शर्मिला शर्मा, शान्ती खड्का, सविना घर्ती मगर धनमाया श्रीस, मन कुमारी चोखाल, प्रेम कुमारी पुन थममाया पुन काउचा, करिना घर्ती पुन थापा, तेज कुमारी पुन, कर्ण कुमारी पुन र कमला श्रीस रहेका छन ।
अव उत्कृष्ट २० बाट उत्कृष्ट १० तथा उत्कृष्ट १ महिला छनोट गरिने दायित्व सस्थाले जनाएको छ । कार्यक्रम दायित्व सस्था लुम्बीनी प्रदेश संयोजक कमल थापाको अध्यक्षता, गलकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद शर्माको स्वागत तथा मुसिकोट नगरपालिकाका कर्मचारी महेन्द्र घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।