• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • स्थानीय सरकार

कार्यकारी पदमा बसेकाले नै संविधानको खेलवाड गर्छन–रामचन्द्र पौडेल

  • कार्तिक ३, २०७८

नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको संविधानको खेलवाड कार्यकारी पदमा बसेकाले नै गरेको आरोप लगाएका छन । पौडेलले मुलुक हाक्नका लागि जिम्मेवारी पाएका कार्यकारी पदमा रहेकाले नै लोकतन्त्रको खिलाप गरेर अराजक मच्चाएको बताएका हुन । 
नेपाली काँग्रेस बागलुङका पुर्व सभापति एवं पुर्व सांसद गोविन्दप्रसाद कंडेलको चौसारी पुजाको अवसरमा नेपाली काँग्रेस काठेखोला गाउँपालिका–५ विहुले गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता पौडेले सो कुरा बताएका हुन । पौडेलले एकलौटी ढंगले सत्ता संचालन गर्न खोज्दा संविधानको मर्म भन्दा बाहिर गएर मुलुकमा अधिनायकतन्त्र ल्याएको बताएका हुन । ‘हामी  जनतालाई राहत दिलाउन धेरै परिवर्तन ल्यायौं । नेता पौडेलले भने,– राजतन्त्र फालेर गणतन्त्र ल्याउँदा पनि त्यसको आभास हुन पाएको छैन । लोकतान्त्रीक भ¥याङ चढेर माथि पुगेर अलोकतान्त्रीक काम गरेर संविधानको मर्म भन्दा बाहिर कार्यकारी पदमा नै बसेका ठुला भनौदाहरु लाग्छन ।’ पौडेलले नेपाली जनताले संघर्षबाट प्राप्त गरेको संविधानको मर्म अनुसार कार्यकारी पदमा हुँदा कोही पनि चल्न नसकेको आरोप लगाएका हुन । 
पौडेलले पार्टी भित्र कुनै गुट उपगुट नभएको बताएका छन । उनले कार्यकर्तालाई यो रामचन्द्रको यो शेरबहादुरको भनेर कसैलाई पनि ट्याग लगाउन नहुने बताएका छन । उनले काँग्रेस लोकतन्त्रको रक्षाका लागि उभिने दल भएका कारण कुनै पनि गुटउपगुट बाहिर रहेर लोकतन्त्रको पक्षमा उभिन कार्यकर्तालाई आग्रह गरेका थिए । मध्यपहाडी लोकमार्गको विषयमा बोल्दै नेता पौडेले आफु स्थानिय मन्त्री हुँदा तत्कालिन ग्रामिण कृषी सडक नै लोकमार्ग बनेको हुँदा यसको विषयमा माथिल्लो तहमा कुरा उठाउने बताए । पौडेल बागलुङका अग्रज नेता गोविन्द्र प्रसाद कंडेल सँग २०४६ सालको जनआन्दोलको क्रममा सँग्र जेल जिवन विताएका थिए । 
कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री मणिभद्र शर्मा कंडेलले बागलुङ र समग्र गण्डकी प्रदेशको विकासका निम्ती केन्द्र र प्रदेश सरकारको महत्वपुर्ण भुमिका रहेको बताए । ्
कार्यक्रम नेपाली काँग्रेस काठेखोला गाउँपालिका–५ विहुँका सभापति हरि सापकोटाको अध्यक्षता गाउँपालिकाका पुर्व सभापति ज्ञामनाथ कंडेलको स्वागत र वडा सचिव कृष्ण प्रसाद कंडेलको संचालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया