ढोरपाटनको मेयरमा एमालेका नेपाली र उपमेयरमा काँग्रेसका कायत विजयी

  • जेठ ३, २०७९

बागलुङ - बागलुङको ढोरपाटन नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेका देवकुमार नेपाली विजयी भएका छन । गठबन्धनका दलका साझा उम्मेदवार नेकपा माओबादी केन्द्रका चन्द्रलाल अर्याललाई पछि पार्दै नेपाली पुनः नगरप्रमुखमा विजयी भएका हुन । नेपालीले कुल  ५ हजार ७३५ मत ल्याएर विजयी भएका छन भने अर्यालले ५ हजार १३५ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिए । 
नगरपालिकाको उपप्रमुखमा गठबन्धनका साझा उम्मेदवार काँग्रेसका धनबहादुर कायत कल्याण विजयी भएका हुन । नेपाली काँग्रेसका ढोरपाटन नगरपालिकाका सभापति समेत रहेका कायतले ५ हजार ६५० मत प्राप्त गरेका छन भने उनका प्रतिस्पधी ताराकुमारी पुनले ४ हजार ८८४ मत प्राप्त गरेकी छन । नगरप्रमुखमा नेपालीले ६०० मतले जितेका छन भने उपप्रमुखमा ७६६ मतको अन्तरले विजयी भएका छन । 
नगरपालिकाका अधिकाशं वडाहरुमा गठबन्धनकै वडा अध्यक्ष विजयी भएका छन । 
 

प्रतिक्रिया