बागलुङ- तमानखोला गाउँपालिकामा इन्जीनियरको रुपमा रहेका अर्जुन कुमार यादवमाथी फिल्डमा काम गरीराखेको अवस्थामा तमानखोला १ का महेन्द्र थापा र होमलाल रोकाले गाली गलौज सहित आफुमाथी कुटपिट गरेको पिडित यादवले बताए ।
गत जेठ १४ गते वडा नंं १ मा रहेको बुद्ध आधारभुत विद्यालयको ४ कोठे भवनको निर्माणको लागी घडेरी नापजाँच गर्न गएका यादवलाई फिल्डमै दुई युवाले कुटपिट गरेको भागेको भन्दै दोषिलाई कार्वाहीको दायरामा ल्याउन माग गरीएको छ ।
तमानखोला गाउँपालिकाका सम्पूर्ण कर्मचारीले एक प्रेश विज्ञप्ती निकाल्दै राष्ट्रसेवक कर्मचारीमाथि भएको यस्तो क्रुर घटनाको विषयमा दोषि उपर कार्वाही प्रकृया अगाडी बढाउन आग्रह सहित पिडीतलाइ न्याय र पिडकलाई आवस्यक कार्वाही गर्न स्थानिय सरकार, जिल्ला प्रशासन ट्रेड युनियन लगाएतका निकायसँग माग गर्दे यस्तो घटनाले कर्मचारीलाई सुरक्षा चुनौती थपिएको विज्ञप्तीमा उल्लेख गरीएको छ । पिडित यादवलाई आँखा र मुखमा चोट पर्ने गरी ति दुई युवाले मुक्का हानेर भागेका थिए ।