बागलुङको ढोरपाटनमा चट्याङ लागेर एकको मृत्यु, तीन घाईते

  • जेठ ८, २०७९

बागलुङको ढोरपाटन नगरपालिका–७ गाल्ढुङमा चटयाङ लागेर एकजनाको मृत्यु र तीन जना घाईते भएका छन् । आईतबार दिउँसो करिब ३ बजेको समयमा वर्षा सँगै परेको चट्याङ लाग्दा स्थानीय कालिप्रसाद विकको १९ बर्षिय छोरा बालचन्द्र बि.कको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।
 बि.क.को बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाईते हुनेमा सोही स्थानमा बस्ने १६ वर्षीय विट्टु बि.क, १६ वर्षीय लक्ष्मी बि.क र ७२ वर्षीय पुण्यराम कामी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी ईन्द्र बहादुर रानाले जानकारी दिए । उनीहरुको सामान्य उपचार पच्चात थप उपचारको लागी पाल्पाको मिसन अस्पतालमा पठाईएको छ । घाईते सबैको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी जनाएको छ ।  
 

प्रतिक्रिया