स्वास्थ्य प्राविधिक संघद्धारा आश्रमलाई सहयोग 

  • असार १७, २०८१

बागलुङ- नेपाल स्वास्थ्य प्राविधिक संघ बागलुङले आफ्नो ४६ औं स्थापना दिवस मनाएको छ । संघले बागलुङमा रहेको मानव सेवा आश्रममा आवश्यक खाद्यन्न र सरसफाईका सामाग्री सहयोग गरेको छ । सहयोग कार्यक्रममा बोल्दै संघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद खनालले नेपालको स्वास्थ्य सेवामा संघले ठुलो योगदान गरेको बताए । उनले स्वास्थ्य नागरिक र स्वस्थ्य समाज निर्माणका स्वास्थ्यकर्मीको भुमिका अहम हुने हुँदा यो सवै स्वास्थ्यकर्मीको साझा संस्था भएको बताए । 
कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशका कार्यबहाक अध्यक्ष देवप्रकाश घिमिरे, स्वास्थ्यकर्मी संघ बागलुङका अध्यक्ष विष्णु प्रसाद पौडेल, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ बागलुङका अध्यक्ष उमेश सर्बुजा, नेपाल औषधी व्यवसायी संघ बागलुङका अध्यक्ष खगेश्वर पौडेल लगायतले बोलेका थिए । 
कार्यक्रम नेपाल स्वास्थ्य प्राविधिक संघ बागलुङका सदस्य सन्तोष सुवेदीको अध्यक्षता, सचिव विष्णुनाथ सापकोटाको स्वागत र संचालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया