बानपा–११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतमद्वारा पदबाट राजिनामा

  • ब‌ैशाख ९, २०७९

बागलुङ- बागलुङ नगरपालिका–११ रायडाँडाका वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले आफ्नो पदबाट राजिनामा दिएका छन ।  गौतमले नगरपालिकाका योजना तथा प्रशासकिय अधिकृत युक्तप्रसाद सुवेदी मार्फत नगरप्रमुख जनकराज पौडेलललाई आफ्नो वडा अध्यक्षको पदबाट राजीनामा दिएको पत्र बुझाएका हुन । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा उनको पार्टी नेपाली काँग्रेसले पुन वडा अध्यक्षको उम्मेदवारमा सिफारिस गरे सँगै गौतमले राजिनामा दिएका हुन । राजीनामा दिन गौतम जिल्लामै पहिलो जनप्रतिनिधि हुन् ।
    स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जनताको चाहना अनुसार पार्टीले पनि आफुलाई पुन उम्मेदवारीको रुपमा सिफारिस गरेको हुँदा पदिय दायित्वबाट राजिनामा दिएका गौतमले बताए । उनले वडा नं. ११ पुन वडा अध्यक्षका लागि अन्य राजनितिक दल र आफ्नै पार्टी भित्र सर्वसम्मतको प्रयास भएको र चुनावी कार्यक्रमलाई  सहयोग पुगोस भन्ने उद्देश्यले पदबाट राजीनामा दिएको जानकारी दिए । २०७४ को स्थानीय निर्वाचनमा गौतम नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षमा विजयी भएका थिए । लामो समय देखी संचार क्षेत्रमा क्रियाशिल गौतम नेपाल प्रेस युनियनको केन्द्रीय सदस्य समेत रहेका काम गरेका हुन । 
‘मैले नेपाली काँग्रेसबाट टिकट पाए पनि वडाबासी सवैको मत पाएर निर्वाचन जिते । पाँच वर्षको कार्यकालमा धेरै काम गरियो यो अवधिसम्म मलाई सहयोग, सल्लाह र सुझाव दिने सवै जनता प्रति सम्मान र धन्यबाद छ । गौतमले भने,–‘रायडाँडाको विकासका निम्ती अझै केही गर्नुपर्ने छ । सवैको आग्रह र चाहना अनुसार पुन वडा अध्यक्षका लागि पार्टीले सिफारिस गरेको छ । पार्टिले सिफारिस गरेको र पुन उम्मेदवार हुने भएपछि अध्यक्षको पदबाट राजिनामा दिएको हुँ ।’ बागलुङ नगरपालिकाको सवै भन्दा दुर्गम भनेर चिनिने रायडाँडाको विकासका निम्ती गौतमले गरेको कामलाई अन्य राजनितिक दलहरुले पनि प्रशंसा गरेको पाईन्छ । पुन वडा अध्यक्ष टिकट पाए सँगै गौतमले निर्वाचन जित्नेमा पक्का रहेको स्थानिय बताउँछन । 
गौतमले पेश गरेको राजिनामा पत्र नगरप्रमुख जनकराज पौडेल समक्ष पेश गरेको योजना तथा प्रशासकिय अधिकृत युक्तप्रसाद सुवेदीले जानकारी दिए ।  

प्रतिक्रिया