काँग्रेस बागलुङले सदरमुकाममै आफ्नै घर बनाउने

  • पुस ११, २०७८

बागलुङ- जिल्लामा क्रियाशील राजनीतिक दल भाडाकै घरबाट आफ्नो कार्यालय सञ्चालन गरेका छन् । मासिक हजारौं रकम भाडामा खर्च हुन्छ । केही राजनीतिक दलले सदरमुकाम आसपास क्षेत्रमै जग्गा व्यवस्थापन गरे पनि भवन निर्माण भने गर्न सकेका छैनन्  तर जग्गा पनि नभएको र भवन पनि नभएको अवस्थामा नेपाली काँग्रेस बागलुङले भने आफनै घरबाट कार्यालय सञ्चालन गर्ने अठोटका साथ घर÷भवन निर्माण गर्ने अभियानको थालनी गरेको छ ।  काँग्रेस बागलुङको हालै नव निर्वाचित कार्यसमितिको पहिलो बैठकले बागलुङ सदरमुकाममा सुविधा सम्पन्न घर निर्माण गर्ने निर्णय साथ अगाडि बढेको छ । 
आइतबार बसेको जिल्ला कार्यसमितिको पहिलो बैठकले पार्टी कार्यालय निर्माणका लागि पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाउनुका साथै सहयोग सङ्कलन अभियानको पनि सुरुवात गरेको पत्रकार भेटघाटमार्फत जानकारी गराइएको छ । भवन निर्माणका निम्ति जग्गा व्यवस्थापन साथै सहयोग सङ्कलन अभियानको काम अगाडि बढाइएको छ । आइतबार नै सात लाख भन्दा बढी रकम सहयोग सङ्कलन भएको काँग्रेस बागलुङ सभापति जितबहादुर शेरचनले बताए ।  सुरुवाती चरणमा जिल्ला सदस्य धर्मबहादुर क्षेत्रीले २ लाख ५० हजार, बागलुङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति चण्डीप्रसाद शर्माले २ लाख एक हजार १५१, जिल्ला सदस्य तेजेन्द्र विक्रम कुँवरले १ लाख, कृष्णबहादुर घिमिरेले १ लाख र टिकाराम थापाले एक लाख ११ हजार सहयोग गरेका छन् । आइतबार मात्रै  सात लाख ६२ हजार १५१ रुपैयाँ सङ्कलन भएको नेपाली कांग्रेस बागलुङले जनाएको छ । पार्टी कार्यालयलाई व्यवस्थित बनाउनका निम्ति सुविधासम्पन्न भवन निर्माण गर्ने प्रतिबद्धता सहित आगामी २÷३ वर्षमा आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्ने सभापति शेरचनले बताए । 
‘आफ्नै घरबाट पार्टी कार्यालय सञ्चालन गर्नका निम्ति हामी पार्टीको नाममा जग्गा व्यवस्थापन गर्नका लागि अगाडि बढेका छौं, सभापति शेरचनले भने,– हामीले गरेको प्रतिबद्धता पूरा गरेरै छाड्छौं, हिजोका दिनमा कसले के ग¥यो हैन अबको दिनमा केही गर्नु छ । त्यसैले अबको दुई वर्षमा काम गरेर देखाउने छौं ।’ उनले सदरमुकाम बागलुङ बजारमा नै व्यवस्थापन गरेर भवन निर्माण गर्ने बताए ।  शेरचनले भवन बनाउँदा के कति लागत लाग्ने एकिन नभएको भन्दै पार्टीको अर्को बैठकबाट त्यसको स्टिमेट तयार गरिने बताए ।  अब बन्ने भवन हल र सचिवालय सहितको बन्ने उनले बताए ।  हल नहुँदा पार्टीका महत्वूर्ण कार्यक्रमहरु भाडामा हल लिएर गर्नु पर्ने अवस्था रहेको हुँद यो अभियानलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढेको बताए । 
बैठकले स्थानीय तहदेखि केन्द्रसम्म निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना व्यक्त गरेको छ । त्यसैगरी वडा तहदेखि  आएको नेतृत्वलाई अझै सुदृढीकरण  गर्नका लागि जिल्लाबाट सबै वडा र स्थानीय तहमा सङ्गठन सुदृढीकरणको अभियान सञ्चालन गरिने निर्णय भएको जिल्ला सचिव हरिहर शर्माले जानकारी दिए । ‘अबको स्थानीय तहको निर्वाचनमा काँग्रेसको नेतृत्व आउने गरी सङ्गठन निर्माणको अभियानलाई अगाडि बढाउने छौं, सचिव शर्माले भने,–यसका लागि हरेक पालिकामा संयोजक र सदस्यको समेत जिम्मेवारी तोकिएको छ । सोही अनुसार पार्टीको सङ्गठन सुदृढीकरणको अभियान अगाडि बढ्ने छ । ’ उनले जिल्ला कार्यसमितिले जिल्लामा सञ्चालन भएका राष्ट्रिय गौरवका आयोजनाको निर्माणमा भएको ढिला सुस्तीप्रति विशेष ध्यानाकर्षण गराउँदै तत्कालै प्रभावकारी ढंगले निर्माण गर्नका लागि सम्बन्धित निकायलाई खबरदारी गर्ने निर्णय गरेको बताए । विषेश गरी मध्यपहाडी लोकमार्ग बागलुङ विहुँ खण्डको कामका बारेमा निरन्तर खबरदारी गर्ने र यसलाई तत्काल काम गर्न दबाब दिने काँग्रेस बागलुङले जनाएको छ । पत्रकार भेटघाट कार्यक्रम काँग्रेस बागलुङका सचिव हरिहर शर्माले सञ्चालन गरेका थिए  ।   
 

प्रतिक्रिया