बागलुङ- बागलुङको निसीखोला गाउँपालिका स्थित मध्यपहाडी लोकमार्गमा मंगलबार बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
रुकुमबाट बागलुङको बुर्तिवाङ तर्फ आउदै गरेको रा १ त ४११६ नम्बरको ट्याक्टर निसीखोला गाउँपालिका–६ रितिवाङमा अनियन्त्रित भइ दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
पूर्वी रुकुम पुथा उत्तरगंगा गाउँपालिका–१३ वस्ने २४ वर्षका चालक सुरेन्द्र गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिए। यस्तै सोही स्थानकै सह–चालक प्रचण्ड शेरचन सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।