बागलुङ - बागलुङ क्षेत्र नं. १ प्रतिनिधि सभा तर्फ सत्ता गठबन्धनका साझा उम्मेदवार चित्रबहादुर केसीले अग्रता कायमै राखेका छन । उनले नेकपा एमालेका डा. सुर्य पाठकलाई मतान्तर बढाउँदै गएका छन । केसीले १८ हजार ४४८ मत ल्याउँदा पाठकले १५ हजार ९४१ मत प्राप्त गरेका छन । केसीको सुरुवाती अग्रता रहेता पनि मतान्तर भने कम थियो । अहिले २ हजार ५०७ मतले अगाडी रहेका छन केसी सँगै प्रतिस्पर्धी रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कंडेलले ७ हजार ३८७ मत प्राप्त गरेका छन भने राप्रपा नेपालका लक्ष्मी प्रसाद सापकोटाले ५४१ मत प्राप्त गरेका छन । त्यसैगरी विपि काँग्रेसका शिवलाल सापकोटाले ७२ र स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर क्षेत्रीले १७९ प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । केसी र पाठकको सुरु देखी नै कडा प्रतिस्पर्धा रहेको थियो । अब भने केसीले निर्वाचन जित्ने ठुक्क रहेको छ । झण्डै ४६ हजार मत गणना गर्दा केसी अगाडी रहेका छन ।