बागलुङ- नेपाली कांग्रेस बागलुङको सचिवमा हरिहर शर्मा र गण्डकी थापा अधिकारी निर्वाचित भएका छन । कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत शुक्रबार देखी सुरु भएकाे जिल्ला अधिवेशनबाट शर्माले ९०८ र अधिकारीले ७६९ मत ल्याएर निर्वाचित भएका हुन । शर्माले पदाधिकारीमा सबै भन्दा बढि मत ल्याएका हुन । शर्मा जिल्लामै युवाहरुको लाेकप्रिय नेता हुन । दुई जना निर्वाचित हुने सचिव पदका लागि चार जनाको उम्मेदवारी परेको थियो । सचिव पदका अर्का उम्मेदवार चिरञ्जीवी गौतमले ७३० र कृष्णबहादुर केसीले ६१७ मत प्राप्त गरेका थिए । निर्वाचित शर्मा पौडेल पक्षका नेता हुन भने उनि यस अघि महाधिवेशन प्रतिनिधिमा पनि राम्रो मत ल्याएका थिए । सचिवमा निर्वाचित थापा संस्थापन ईतर पक्षकै भए पनि जिल्लामा संस्थापन पक्ष सँग मिलेर निर्वाचनमा होमिएकी थिईन । उनि सभापति जित शेरचनको समुहबाट सचिवमा उम्मेदवार दिएकी थिईन ।
सह सचिवमा ज्ञान कुमारी शर्मा श्रीस र फम बहादुर खत्री निर्वाचित भएका हुन । श्रीषले ८८० र खत्रीले ८५५ मत प्राप्त गरेर निर्वाचित भएको निर्वाचन अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । पदाधिकारीमा निर्वाचित सचिव शर्मा र सहसचिव श्रीष बाहेक सबै पश्चिम बागलुङका हुन ।