रोट्र्याक्ट क्लब बागलुङको विद्यार्थीलाई उपहार,जाडोमा न्यानो कपडा 

  • पुस २२, २०७९

बागलुङ- ‘स्वार्थ भन्दा माथि सेवा’ भन्ने नारा लाइ आत्मसाथ गर्दै सामाजिक तथा रचनात्मक कार्यमा क्रीयाशिल हुदै आइरहेको संस्था रोट्र्याक्ट क्लब अफ बाग्लुङले यस वर्ष पनि जाडोमा न्यानो कार्यक्रम संचालन गरेको छ । क्लबले शुक्रबार जिल्लाको बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको कृष्ण प्राथमिक विद्यालयमा अध्ययनरत १८ जना विद्यार्थीका लागि न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ । 
कार्यक्रममा बोल्दै बागलुङ नगरपालिका–१२ का वडा अध्यक्ष  कोपीलामणी शर्माले विभिन्न सामाजिक संघ संस्थाको सहयोगमा विद्यार्थीको मनोबल झनै उचो भएको बताए । उनले हरेक विद्यालयमा यस्तै रचनात्मक क्रियाकलपा गर्नका निम्ती आवश्यक रहेको बताए । 
विद्यार्थीका लागि क्रेकच्याट टिम अष्ट्रेलियाको सहयोगमा न्यानो कपडा र सापकोटा स्टेशनरी बागलुङको सहयोगमा शैक्षिक सामाग्री हस्तान्तरण गरेको रोट्र्याक्ट क्लाब अफ बागलुङका अध्यक्ष झोकेन्द्र थापा मगरले जानकारी दिए । विद्यार्थीका लागि एक थान टोपी, १÷१ थान ट्रयाक्ट सुट, मोजा र स्टेशनरी वितरण गरिएको थियो । 
 

प्रतिक्रिया