• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • फोटो फिचर ,
  • पर्यटन

गाउँनै रमाईलो, ठाउँ नै रमाईलो

  • कार्तिक ४, २०७८

भुगर्भ शास्त्रमा स्नातक पढेका प्रदिप गौतम आफुले पढेको विषय भन्दा फरक पाटो रोजे । उनले सम्बन्धीत विषयमा काम गर्ने तयारीमा नै लागेनन् आफ्नै गाउँमा केही गर्नुपर्छ भन्न निधो गरे । बागलुङ नगरपालिका–७  घर भएका गौतमले गाउँमा नै केही गर्ने सोच गराए र बाबको साथ लिए । घरकै आगनबाट धौलागिरी हिमालको सुन्दर दृश्य देखिने उनले नजिकै निर्माण हुन लागेको पञ्चकोटको आगनमा व्यवसाय संचालन गर्ने निधो गरे । हिमालको काख वरी परि सुन्दर बस्ती बागलुङ नगरपालिका–६ भान्सा र सिमको गाउँ आफैमा सुन्दरता छ । विगत एक दशक अघि सुनसान रहेको उक्त गाउँमा अहिले दैनिक चहल पहल हुन्छ । भान्साको बस्तीको शिरमा रहेको पञ्चकोटको कारण पनि यो गाउँको महत्व बढ्दै गएको हो । गौतमले पनि पञ्चकोट नजिकै झण्डै ३० लाख रुपैयाँ लगानी गरेर रेष्टुरेण्ट संचालनमा ल्याएका छन । पञ्चकोट आउने पर्यटकका लागि राम्रो व्यवस्थाका लागि अर्गानिक खानाको व्यवस्था सहित उनले सेवा संचालन गर्दै आएका छन । 
पञ्चकोटमा रहेका मानव निर्मित विशाल मुर्ति र त्यहाँको प्राकृतिक तथा कृतिम पर्यटकीय क्षेत्रको अवलोकन गर्न आउने आन्तरिक तथा बाह्यक पर्यटकको आवगमनले कुनै समय सुनसान भान्सा क्षेत्रमा अहिल पर्यटकको चहल पहल देखिन्छ । पञ्चकोटमा पर्यटकीय संरचना निर्माण भए पछि यस क्षेत्रबाट बसाई सराई रोकिएको छ । विगत दुई वर्ष देखी यस क्षेत्रमा झण्डै २ दर्जन होटल तथा रेष्टुरेण्ट संचालनमा आएका छन । ‘म बाहिर लगानी गर्ने वातावरण खोजेको थिए । गौतमले भने,–‘यही पर्यटकिय संरचना बन्यो । रमणीय ठाउँ आफ्नै भुमी गाउँ नै रमाईलो लाग्यो यहाँको ठाउँ नै रमाईलो लाग्यो आफ्नै ठाउँमा केही गरौ भनेर अहिले रेष्टुरेण्ट संचालन गरेको छ । गाउँ र ठाउँ रमाईलो भए पछि लगानी गर्न अन्य ठाउँमा जानुपर्ने रैनछ ।   
पहिले पहिले यहाँको घरजग्गा बेचेर तराई छिर्ने चलन भए पनि अहिले पञ्चकोटको चर्चा चुलिए पछि बसाइँ सर्ने क्रम रोकिएको उनले बताए ।  विदेश र अन्य ठाउँमा लगानी गर्नु भन्दा युवा पुस्ताले आफ्नै गाउँमा पसल, खाजा नास्ता तथा होटल व्यवसाय सञ्चालन गर्न थालेको बागलुङ नगरपालिका ६ का वडा सचिव रुद्रबहादुर केसीले बताए ।  
मनोरम पञ्चकोट, बादलको घुम्टो हटे पछि आँखै अगाडी धौलागिरि सहित विभिन्न हिमश्रृङखलाको दृश्य देखिने विस्तारै यस क्षेत्रको विकास हुन थालेपछि यहाँ स्थानियहरु आफ्नै गाउँमा बस्ने वातारण बनाउन थालेका छन । पञ्चकोट पर्यटकीय क्षेत्रको रुपमा विकास भए पछि भान्सा क्षेत्रमा आरसिसि घर बन्न थालेका छन् । कुनै दिन बाँझो जमिन गरी खाने व्यक्ति पाउन कठिन हुने भान्सा क्षेत्रको जग्गा जमिन अहिले घडेरीको रुपमा विक्री हुन थालेको सचिव केसीले बताए । पहिले दिउँसै चितुवा डुल्ने खरबारीमा पर्यटकिय क्षेत्र बने पछि अहिले दैनिक हजारौ पर्यटक पुग्ने गरेका छन । पञ्चकोट र यहाँबाट देखिने दृश्यले पर्यटकलाई लोभ्याएको छ । 
 

प्रतिक्रिया