बागलुङ-जिल्लाको स्वास्थ्य क्षेत्रको विषयबस्तु समेटिएको स्वास्थ्य पाश्वचित्र सम्बन्धी सरोकारवाला सँगको छलफल तथा योजना कार्यक्रम गलकोटमा सम्पन्न भएको छ । ग्रामिण स्वास्थ्य सुधार परियोजना फेयरमेड फाउण्डेशन र बिवाईसी बागलुङको प्राविधिक सहयोगमा संचालित कार्यक्रम जिल्लाको गलकोट नगरपालिका बरेङ गाउपालिका र बडिगाड गाउपालिकाले संयुक्त आयोजना गरेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति बागलुङका संयोजक राजेन्द्र ढुङगानाले स्वास्थ्यको सहज पहुँच नपुगेको स्थानमा फेयरमेडले सहज र सरल बनाएको बताए । उनले गैरसरकारी संस्थाको सहयोगले स्वास्थ्य क्षेत्र थप प्रभावकारी भएको बताए । फेयरमेडले हाल सम्म बागलु्ङका ६ स्थानीय तहमा विभिन्न कार्यक्रमका लागि सहयोग गर्दै आएको छ । ढुगानाले आधारभुत जनजीवनलाई परिवर्तन ल्याउनका लागी यस संस्थाले प्राविधिक र आर्थिक सहयोग गर्ने गरी स्थानीय सरकारसँग सहकार्य गरिरहेको बताउदै स्थानीय सरकारहरु पनि समन्वय र सहकार्य गर्न तयार रहेको जानकारी दिए ।
कार्यक्रममा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले एकात्मक प्रणालीमा रहेको संरचना पछिल्लो संघिय अवधारणा कार्यान्वयन हुदै गर्दा समेत पुरानै अवधारणाको नियम कानुनद्धारा बाँधिन बाध्य रहेको बताउदै जसले गर्दा गा्रमिण र दुर्गम ठाँउहरुमा आधारभुत स्वास्थ्य सेवाको सहज पहुच पु¥याउनका लागि गाह्रो रहेको बताए । उनले फेयरमेडको सहकार्यमा बन्दै गरेको स्वास्थ्य पाश्वचित्रले सहि वास्तविक र भुगोलमा यथार्थ रहि स्वास्थ्य सम्बन्धि सुचकका आधारमा बन्नेमा विश्वास गरे ।
कार्यक्रममा जनस्वास्थ्य विज्ञ एवम् नेपाल सरकार स्वास्थ्य मन्त्रालयका पुर्व जनस्वास्थ्य प्रशासक चुडामणी भण्डारीले स्वास्थ्य क्षेत्रको रणनैतिक कार्य दिशा अन्तर्गत आवश्यकता, प्रक्रिया, विवरण संकलन प्रक्रिया, पाश्वचित्रका मुख्य अंशहरु, स्वास्थ्य क्षेत्रको सर्वव्यापि पहुच, स्वास्थ्य सम्बन्धी प्रमुख सुचकहरुको बारेमा प्रस्ट पारेका थिए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय बागलुङका देवप्रकाश घिमिरेले समग्र जिल्लाभरीको स्वास्थ्य संस्थाको अवस्था, कार्यक्रम, एम्बुलेन्स सेवा, खोप सेवा, प्रसुति सेवा, कोभिड व्यवस्थापनको बारेमा तथ्याङक प्रस्तुत गरेका थिए । कार्यक्रममा गलकोट नगरपालिका, वडिगाड गाउँपालिका र बरेङ गाउँपलिकाका स्वास्थ्य संयोजकहरुले आ–आफ्नो पालिकाको स्वास्थ्य क्षेत्रमा भएको प्रगतीको बारेमा जानकरी गराएका थिए ।
कार्यक्रममा बरेङ गाउपलिकाका उपाध्यक्ष दिल कुमारी पुन, बरेङ गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत जित बहादुर रानाले आफ्नो भनाई गरेका थिए ।
कार्यक्रम गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षता बडिगाड गाउपालिकाका स्वास्थ्य संयोजक चुडामणी कडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।