कुश्मिसेरा बजारलाई सफा र सुरक्षित राख्न सरोकारवाला सँग छलफल

  • भदौ ४, २०८०

बागलुङ । जैमिनी नगरपालिकाको केन्द्र रहेको कुश्मिसेरा बजारलाई सफा र सुरक्षित राख्नका लागि सरोकारवाला सँग छलफल तथा अन्तरक्रिया गरिएको छ । बजार क्षेत्रमा रहेका सरकारी कार्यालय, सुरक्षा निकाय, विभिन्न राजनितिक दल, बैंक तथा वित्तिय संस्था, सामाजिक तथा शैक्षिक संस्था र बजारका व्यवसायीहरु सँग छलफल गरिएको हो । कार्यक्रममा बजार क्षेत्रमा शान्ति सुरक्षा कायम राख्ने, बजार क्षेत्रलाई सफा र थप व्यवस्थित कसरी बनाउने, यातायात तथा भाडा संमायोजनका लागि कसरी प्रयत्न गर्ने, सामाजिक विकृती र विसंगतीलाई नियन्त्रण गर्न नगरपालिकाले कस्तो पहल थाल्नुपर्न भन्ने विषयमा छलफल भएको उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।
 त्यसैगरी बजार क्षेत्र सँगै गाउँगाउँ सम्म व्यवसायी पसलहरु नियमित अनुगमन गर्नुपर्ने बजार क्षेत्रमा मुल्यको एकरुपमा ल्याउनुपर्ने लगायतका विषयमा सरोकारवाला सँग छलफल गरिएको थियो । पछिल्लो समयमा बालबालिकालाई मध्यपान/धुम्रपान बस्तुहरु खरिद विक्रि गर्न लगाईएको र यसमा सहभागी नगराउने सवैमा आग्रह गर्ने कुरामा जोड दिईएको थियो । बजार क्षेत्रमा दुव्यसनीका विरुद्ध प्रहरी सँगै सचेतना अभियायन चलाउने, प्रहरी चौकीको स्तरउन्नती गरी इलाका प्रहरी कार्यालय स्थापना गर्न पहल थाल्ने  र नगरपालिका सँग  निरन्तर समन्वय र सहकारी गरी बजार क्षेत्रमा परिवर्तन ल्याउने विषयमा छलफल भएको उपप्रमुख शर्माले बताए । विशेष गरी जैमिनीको केन्द्र रहेको कुश्मिसेरा बजारलाई थप व्यवस्थित गर्नका निम्ती यो अभियान संचालन गरिएको हो । 
कार्यक्रममा जैमिनी नगरपालिका–१ का वडा अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक विष्णु आचार्यले सवैको पहल र सहकार्यमा बजार क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न सकिने बताए । छलफल तथा अन्तरक्रियामा वडा नं. ६ का वडा अध्यक्ष कृष्ण थापा, नेपाली काँग्रेस जैमिनी नगरपालिका–१ का हरि प्रसाद शर्मा, स्थानिय व्यापारी पुष्पा आचार्य, ईलाका प्रहरी कार्यालय असई मदन अधिकारी, ट्राफिक प्रमुख विशाल पुरी, ग्लोबाल आईएमई बैंकका प्रवन्धक पुष्पमणी शर्मा, र स्थानिय राजनितिक दलका प्रमुख एवं प्रतिनिधिले बजार क्षेत्रको व्यवस्थापनका निम्ती स्थानियबासी र व्यापारीकै महत्वपुर्ण भुमिका हुने बताएका थिए । 
जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माको अध्यक्षता प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया