बागलुङका दुई स्थानमा मुख्य निर्वाचनको कार्यालय स्थापना

  • असोज १६, २०७९

बागलुङ- आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बागलुङका दुई वटै क्षेत्रमा मुख्य निवार्चन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
शनिबार प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तरगत जिल्ला समन्वय समितिको भवनमा र क्षेत्र नं. २ अन्तरगत ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा रहेको नयाँ शहरी आयोजनाको भवनमा कार्यालयको स्थापना गरिएको छ । 
विगतमा जिल्ला भरीनै दुई क्षेत्रका लागि एक मात्रा कार्यालय रहने गर्दथ्यो  यस पटक देखी एक क्षेत्रमा एक कार्यालय स्थापना भएको छ । 
कार्यालय स्थापना कार्यक्रममा बोल्दै क्षेत्र नं. १ का मुख्य निर्वाचन अधिकृत डा. दिवाकर भट्टले निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँदलीरहीत हुने बताए । उनले निर्वाचन आचार सँहिताको प्रभावकारी कार्यान्वयनको लागि राजनीतिक दल, सञ्चारकर्मी र नागरिक समाजले सहयोग गर्नुपर्ने बताए ।  उनले निर्वाचनको मिति नजिकिदै गर्दा चुनौति पनि बढ्ने बताउँदै सोही अनुसार समाधान गर्ने बताए । यद्धपी शान्तपूर्ण ढंगले निर्वाचन सम्पन्न हुनेमा आफु विश्वस्त रहेको बताए । यसपटक क्षेत्र नं. २ को मतगणना पनि बुर्तिबाङ बाटै हुने छ । ६ वटा पालिका रहेको यस क्षेत्रको मतगणना यतै बाट हुने क्षेत्र नं. २ का सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिए । कार्यक्रममा विभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधि, पत्रकार र अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो । 
 

प्रतिक्रिया