तश्विरमा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

  • फाल्गुण २४, २०७९

बागलुङ-  ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बागलुङमा बिभिन्न कार्यक्रम गरेर मनाइएको छ । दिवसको अबसरमा प्रवचन, सचेतना ¥याली तथा सामाग्री बितरण समेतका कार्यक्रमहरु सम्पन्न भएका हुन् ।

बागलुङ नगरपालिका र सामाजिक बिकास कार्यालयको आयोजनामा श्रमिक महिला बीच अन्तरक्रिया समेत सम्पनन भयो । अन्तरक्रियामा आएका महिला श्रमिकहरुले ज्यालामा पुरुषको तुलनामा महिलालाई बिभेद भएको गुनासो गरे । उनीहरुले काम गर्दापनि महिला भएकोले बिश्राम समेत नपाएको समस्या बताए ।

मजदुरी गर्दा होस् वा मिस्त्री बनेर काम गर्दापनि पुरुष सहकर्मी भन्दा फरक व्यवहार हुने गरेको उनीहरुको गुनासो थियो । ‘लामो समय देखि मजदुरी बाट काम सिकेर मिस्त्री बनेरपनि मैले पुरुष सरह ज्याला पाइन’ बानपा २ की कुमारी बिकले भनिन्, ‘महिला भएकै कारण आधा ज्यालामा काम गर्न बाध्य छु । उनले घर बनाउने काम गरेको बताइन् ।No description available.

त्यस्तै महिला भएकै कारण शारिरीक रुपमा आउने समस्याको बेला पनि आराम गर्न नपाउने गुनासो गरे । ठेकेदारहरुले मजदुरलाई ज्यालामा ठगेर नाफा कमाएको उनीहरुको गुनासो थियो । ‘ठेकेदारले ज्यालामा हामीलाई ठग्छन्, त्यसमापनि महिला मजदुर भए बेलामा नदिने, थोरै दिने र लामो समय अलमल्याउने गरेका छन्’ अर्की मजदुर मीना बोसेलले भनिन्, ‘काम गरेको ज्याला नआए चुलो बल्दैन, तर हामीनै हेपिनुपर्छ ।’ बोसेलले मजदुरीबाटै परिवार पाल्ने काम गर्दै आएकी थिइन् । अहिले उनकी एक छोरी मृगौलाको बिरामी भएर नियमित उपचार गराउन बाध्य छिन् । नियमित डाएलाएसिस गराउन लाग्ने खर्चको जोहो गरेर घर चलाउन उनलाई धौधौ भएको गुनासो गरिन् ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख राजु खड्काले पीडित महिलाहरुको समस्या बारे ठेकेदारहरुसँग बसेर समाधान गर्ने बताए । उनले महिला मजदुरले बचत गर्न पनि सिक्नुपर्ने भन्दै छोराछोरी पढाएर दक्ष बनाउन आग्रह गरे । नगरकार्यपालिका सदस्य धनमाया शर्माको अध्यक्षता र महिला तथा बालबालिका शाखाकी प्रमुख सरस्वती देवी रेग्मीको संचालनमा सम्पन्न कार्यक्रममा सामाजिक बिकास समितिका संयोजक ज्ञानेन्द्र गौतम, सामाजिक बिकास कार्यालयका प्रमुख डम्बर जिसी, स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनाल लगायतले बोलेका थिए ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.No description available.

प्रतिक्रिया