बागलुङ- नेपाली काँग्रेसको १४औ महाधिवेश अन्तरगत बागलुङ न.१ को महाधिवेशन प्रतिनिधिमा पौडेल पक्ष अर्थात संस्थापन इतर पक्षकको बचश्व रहेको छ । मंगलबार भएको निर्वाचनमा रामचन्द्र पौडेल र शेरबहादुर देउवा पक्ष दुवैले प्यानलनै खडा गरेर उम्मेदवारी दिएका थिए । बुधबार विहान सम्पन्न मतगणनामा क्षेत्रीय सभापति सहित २६ जना महाधिवेशन प्रतिनिधि मध्ये देउवा पक्ष अर्थात संस्थापन पक्षबाट जम्मा ४ जना मात्र निर्वाचित भएका छन भने अन्य २२ जना पौडेल पक्षकै निर्वाचित भएका हुन ।
निर्वाचित हुनेमा पौडेल- थापा पक्षका क्षेत्रीय सभापित चण्डी प्रसाद शर्मा पाैडेल सहित जगदिशचन्द्र उपाध्याय, हरिहर शर्मा, डिल्लीराम सुवेदी, प्रकाश शर्मा पौडेल, ओमकार थापा, प्रकाश आचार्य र हरिप्रसाद श्रेष्ठ, शकुन्तला शर्मा, कल्पना पाठक हमाल, पार्वती आचार्य, कमला पराजुली, भगवती शर्मा सापकोटा, उमाकान्त पौडेल, नारायण शर्मा पौडेल, विष्णु पौडेल दारी, बेमकुमारी थापा, बसन्त कुमार श्रेष्ठ भिम श्रीष दुर्गादेवी विश्वकर्मा, सिताराम रसाईली र प्रेम बहादुर छन्त्याल निर्वाचित भएका हुन । त्यसैगरी देउवा पक्षका गण्डकी प्रदेशका पर्यटन उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा कंडेल, चम्पादेवी खड्का र चिरञ्जीवी गौतम निर्वाचित भएका छन । महाधिवेशनमा अहिलेका आमन्त्रीत केन्द्रिय सदस्य किरणराज पौडेल र बर्तमान जिल्ला सभापति दिपेन्द्र बहादुर थापा, र गण्डकी प्रदेश सांसद कोपिला बोहोरा पराजित भएका छन । केन्द्रिय सदस्य र जिल्ला सभापति नै महाधिवेन प्रतिनिधि पराजित भए सँगै जिल्लामा शेरबहादुर देउवा समुह कमजोर बन्दै गएको छ । महाधिवेशन प्रतिनिधिका लागि २५ जनाका लागि ५१ जनाको उम्मेदवारी परेको थियो ।
महाधिवेशन प्रतिनिधिमा हालका आमन्त्रीत केन्द्रिय सदस्य किरणराज पौडेल, जिल्ला पार्टी सभापति दिपेन्द्रबहादुर थापा, गण्डकी प्रदेशका सांसद कोपिला बोहोरा लगायतले पराजय बेहोर्नु परेको छ । क्षेत्र नं. २ को भने मतगणना जारी रहेको छ ।