नेपाल भारत मैत्री संघद्धारा विद्यालयमा कपि वितरण

  • साउन ३०, २०८२

बागलुङ -  नेपाल भारत मैत्री संघ बागलुङले मित्र राष्ट्र भारतको ७९ औँ स्वतन्त्रता दिवसको अवसरमा  विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री वितरण गरेको छ । संघले बागलुङ नगरपालिका–१ मा रहेको रामरेखा आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि कपि वितरण गरेको छ । 
कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष एवं समाजसेवी केवी राना मगरले नेपाल भारत मैत्री संघले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा ठुलो सहयोग गरेको बताए । उनले भारत हाम्रो मित्र राष्ट्र भएकोले सहयात्रा र सहकार्य निरन्तर रहने हुँदा यस्ता दिवसहरु नेपालमा पनि मनाईदै आईएको बताए । 
कार्यक्रम विद्यालयमा बाल कक्षा देखी आधारभुत तह सम्म अध्ययनरत १ सय ३२ जना विद्यार्थीका लागि कपि वितरण गरिएको थियो ।  विद्यालयमा अधिकाशं विपन्न परिवारका विद्यार्थीहरु अध्ययन गर्दै आएको विद्यालयका शिक्षक विष्णुराज पौडेल बताउँछन । विद्यालयले हरेक क्षेत्रको सहयोगमा नै विद्यार्थीलाई नियमित पढ्न आउने वातावरण बनाएको छ । 
सन् १९४७ अगस्ट १५ मा करिब दुई शताब्दी लामो ब्रिटिश उपनिवेशवादी शासनको अन्त्य गर्दै भारत स्वतन्त्र राष्ट्रको रूपमा उदाएको थियो । यसै अवसरमा हरेक वर्ष यो दिवस मनाईदै आएको छ । 
कार्यक्रममा बागलुङ नगरपालिका वडा नं. १ का वडा अध्यक्ष जयबहादुर केसी, नेपाल पत्रकार महासंघ बागलुङका सचिव नारायण रिजाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्रबहादुर केसी लगायतले विभिन्न छात्रबृत्ति र सहयोगकै कारण विद्यार्थीको पढ्ने वातवारणमा हौसला प्रदान हुने बताएका थिए । 
कार्यक्रम नेपाल भारतमैत्री संघ बागलुङका अध्यक्ष गणेशराज लम्सालको अध्यक्षता, उपाध्यक्ष सुमन भुषालको स्वागत सचिव श्रीकृष्ण पौडेलको संचालन र विद्यालयका प्रध्यानाध्यापक सिर्जना शर्माको धन्यवाद मन्तव्यमा सम्पन्न भएको थियो । 

May be an image of 9 people, people smiling and text

May be an image of ‎10 people, temple and ‎text that says '‎月品 HAL श्ीर रमरखा- -१. बागलुड स्था.- थ्रा.-२०५५ Weifodenduen मैग्री मैश्रीअमररह्ोस मैत्रीअमरर अमर रहोस मित्र राष्ट्र 6 វរតតជនស Class-3 खतेशना ਕহথ को पलक्य कार्यक्रम कार्यत्र नेपाम আহল लाई ኢት ጉሁ افتتتفه‎'‎‎

प्रतिक्रिया