नाजायज माग लिएर गठबन्धन सँग जाँदैनौ : चित्रबहादुर केसी

  • भदौ ४, २०७९

बागलुङ, –    राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले चुनाव जित्नकै लागि आफ्नो पार्टीको एजेण्डा छाडेर गठबन्धन नगर्ने बताए । प्रगतिशिल पत्रकार संघ बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले कुनै सिद्धान्त र पार्टीका एजेण्डा छाडेर चुनाव नै जित्नका लागि गठबन्धन नगर्ने बताएका हुन । उनले राजमोले नाजायज माग गठबन्धन सँग नगर्ने र जहाँ पार्टीको आधार छ त्यहाँ आवश्यकता अनुसार एजेण्डा मिलेमा गठबन्धन गरेर अगाडी बढ्ने बताएका छन । उनले समानताका आधारमा गठबन्धन भएमा सँगै जाने र नभएमा एक्लै लड्ने जिकिर गरे । ‘चुनाव जित्नका लागि केही नेताले सवै कुरा छाडेर गठबन्धमा लागेका छन ।, चुनाव जित्नकै लागि पार्टी प्रवेश समेत गरेका छन, अध्यक्ष केसीले भने,– राजमो कोही नेता व्यवस्थापन गर्नुपर्ने छैन । मुख्य कुरा एजेण्डा मिल्नुप¥यो । एजेण्डा मिले भने गठबन्धन गछौं नत्र एक्लै चुनावमा होमिन्छौैं ।’ 
उनले गत निर्वाचन र आसन्न संघ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टी भित्रको विमतिका बावजुद पनि नेपाली कांग्रेस लगायतका दलहरु सँग एजेण्डा मिलेमा निरन्तर सहकार्य गर्ने बताएका छन । उनले नेकपा एमाले र अध्यक्ष केपी ओली रहुञ्जेल प्रतिगमतको बाटो रहेको हुँदा उनिहरु सँग सहकार्य नहुने बताए । ‘नेकपा एमाले प्रतिगमको बाटो हिड्यो  यसको विरुद्धको लडाइँमा सफल हुन कांग्रेससँगको गठबन्धन आवश्यक देखेर हामी सँगै सहकार्य गरेका छौं । केसीले भने,–‘एमालेका अध्यक्ष केपी ओली रहुन्जेल प्रतिगमन जारी रहने भन्दै बिमतिका बाबजुत कांग्रेस सहितको ५ दलीय गठबन्धनमा समावेश भएका छौ । अहिले सम्म एजेण्डा मिलेको छ सँगै रहेका छौं ।’ केसीले कम्युनिष्ट पार्टी भए पनि संसद विघटन गरेर प्रतिगमन ल्याउने ओलीको पक्षमा लाग्न नसकेको बताए । 
‘२०७४ सालमा हामी वामपन्थी भनेरै लागेका थियौं, दुइ तिहाइ वामपन्थीको संसद पटकपटक हत्या गरियो,’ केसीले भने, ‘संविधानमा व्यवस्था नभएको विघटन रोज्ने, अध्यादेशबाट देश चलाउनेको अझै पनि केही भर छैन ।’ प्रतिगमनको अन्त्य नभएसम्म ५ दलीय गठबन्धन चाहिएको बताए ।  
केसीले नागरिकता विधेयकको भने खुलेरै विरोध गरे । नेपाललाई श्रीलंका, फिजी जस्तो बनाउन नागरिकता विधेयक ल्याइएको उनको आरोप छ । ‘भारतमा गएका हाम्रा छोरी चेलीले ७ वर्षमा नागरिकताको प्रक्रिया थाल्न पाउने, बुहारीलाई सिंदुरसँगै नागरिकता चाहिने ?’ केसीले प्रश्न गरे, ‘यो विषयमा भारतीयको गम्भीर चलखेल छ ।’ नेपालका ठूला दल र शीर्ष नेताहरु भारतीयको इशारामा चलेको उनले आरोप लगाए । अध्यादेशबाट ल्याउन चाहेको नागरिकता विधेयक अहिले कांग्रेसले संसदबाट ल्यायो भनेर एमालेले रोइलो गरेको भन्दै उनले एमालेका नेताहरूमाथि कटाक्ष गरेका थिए ।
एमसीसी, नागरिकता विधेयक जस्ता विषयमा राजमोले सत्ता गठबन्धनमा फरक मत राखेको पनि उनको भनाइ थियो । ‘पञ्चायत फाल्न कांग्रेसकै साथ चाहियो, गणतन्त्र ल्याउन कांग्रेस नै चाहियो, त्यसैले गणतन्त्र र धर्म निरपेक्षता जोगाउन पनि गठबन्धन बनाउनु परेको हो,’ केसीले भने, ‘धर्म निरपेक्षता र गणतन्त्रको मामिलामा वामपन्थी भए पनि एमाले भन्दा कांग्रेस इमानदार देखियो ।’
 

प्रतिक्रिया