बरेङको अध्यक्षमा राजमोका शर्मा र उपाध्यक्षमा काँग्रेसका पुन विजयी 

  • जेठ ३, २०७९

बागलुङ - बागलुङको बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका कृष्ण प्रसाद शर्मा विजयी भएका छन् ।
सत्तारुढ पाँच दलिय गठबन्धनका साझा उम्मेदवार शर्मा ३ हजार ६०१ मत प्राप्त गरि विजयी भएका हुन् । अध्यक्षमा नेकपा एमालेका प्रदिप थापाले २ हजार २३२ मत प्राप्त गरेका छन् । नवनिर्वाचित शर्मा गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् । 
गाउँपालिका उपाध्यक्षमा नेपाली काँग्रेसका दिलिप कुमार पुन विजयी भएका छन् । पुनले ३ हजार ६८२ मत प्राप्त गर्दा नेकपा एमालेका दुर्गा कार्की थापा क्षेत्रीले १ हजार९५५ मत प्राप्त गरेकी छिन् ।
गाउँपालिकाको वडा नम्बर १ मा गठबन्धनकै तर्फबाट राष्ट्रिय जनमोर्चाका नरसिंह पुन १ हजार ४ सय ४१ मत प्राप्त गरि विजयी भएका छन् । वडा नम्बर २ को अध्यक्षमा जनमोर्चाकै हिराबहादुर घर्ती ८ सय ९९ मत प्राप्त गरि विजयी भएका छन् । वडा नम्बर ३ मा नेकपा एमालेका शेरबहादुर खनाल क्षेत्री ८ सय ४१ मत प्राप्त गरि विजयी भएका छन् ।
वडा नम्बर ४ मा नेपाली काँग्रेसका किसन बहादुर खत्री ३ सय २९ मत प्राप्त गरि विजयी भएका छन् । तेसैगरी वडा नम्बर ५ मा नेपाली काँग्रेसका अमरबहादुर शेरवुजा ४ सय ४५ मत प्राप्त गरि वडा अध्यक्षमा विजयी निर्वाचन अधिकृत मनिराम ज्ञवालीले बताए ।
 

प्रतिक्रिया