बागलुङ नगरपालिका–६ लार्ई बालमैत्री वडा घोषणा

  • पुस ६, २०८१

बागलुङ । बागलुङ नगरपालिका–६ लार्ई बालमैत्री वडा घोषणा गरिएको छ ।पुस मसान्तसम्म बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने अभियान स्वरुप बानपा(६ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्दै गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले बालमैत्री स्थानीय शासन युक्त नगरपालिकाले मानव विकासमा टेवा पु¥याउने बताए । 

उनले समृद्ध नेपाल निर्माणका लागि भौतिक पूर्वाधारको विकासले मात्रै नभएको भन्दै मानव विकासको सुचाङ्कमा बालमैत्री स्थानीय शासनले थप सहयोग गर्ने बताएका छन ।  उनले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रलाई बालमैत्री अभियानले सहयोग पु¥याएको बताउनुभयो । बालमैत्रीका सूचक मध्ये स्वास्थ्यका सूचकले स्वास्थ्य क्षेत्रलाई समेत थप मजबुद बनाउदै दिगोपनामा लैजान सघाएको बताए ।  “स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले १०० योजना ल्याएर कार्यान्वयनको चरणमा पुगेको छ, बालमैत्री स्थानीय शासन घोषणाले स्वास्थ्य क्षेत्रसँगै बालबालिकाको विकासमा सघाउने अपेक्षा छ” स्वास्थ्यमन्त्री पाठकले भन्नुभयो “वुर्तिवाङमा जिल्ला अस्पताल उद्घाटनको तयारी गरिएको छ, जिल्लाको आयुर्वेद अस्पतालको स्तरवृद्धि भएको छ ।”

पाठकले बाल विकास, संरक्षण र बाल बचाउका अभियानमा नगरपालिकाले आफ्ना कार्यक्रमलाई सफलता उन्मुख बनाउन थालेको बताए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले नगरपालिका मानव विकास केन्द्रित भएको जानकारी दिए।

कार्यक्रममा उच्च अदाल वुटवल इजलाशका न्यायाधीश तेजेन्द्र सापकोटा, नगर उप–प्रमुख राजु खड्का, पूर्वनगर प्रमुख जनकराज पौडेल, वानपा ११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतम, नगर बाल सञ्जालका अध्यक्ष अनुषा कँडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

वडाअध्यक्ष रुद्र बहादुर केसी सहितको समूहलाई नगरप्रमुख बसन्त कुमार श्रेष्ठ र उपप्रमुख राजु खड्काले वडा घोषणाको कदर पत्र प्रदान गरेका थिए। बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको प्रतिवेदन वडा सदस्य शान्ता नेपालीले प्रस्तुत गरेकी थिईन ।  यसभन्दा अघि बानपा १,२,४, ५, ७, १३, १४ र ११ लाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको थियो ।कार्यक्रममा सोरठी नाच, भजन तथा नृत्य समेत प्रस्तुत गरिएको थियो ।   प्ले कार्ड, ¥याली सहित वडा परिक्रर्मा गरेको विद्यार्थी, अभिभावक तथा बाजा गाजा सहितको समूह लहरेपिपल माध्यामिक विद्यालय पुगेर घोषणा सभामा परिणत भएको थियो ।

बालमैत्रीका ५१ सूचक पुरा भएपछि वडालाई बालमैत्री घोषणा गरिएको वडा कार्यालये जनाएको छ ।कार्यक्रम वडाअध्यक्ष रुद्रबहादुर केसीको अध्यक्षता तथा नारायण आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया