बागलुङ । नेपाल विद्यार्थी संघ बागलुङले विद्यालय तहको ‘क्विज लिग’ सुरु गरेको छ । विद्यार्थीलाई पाठ्यक्रम भन्दा बाहिराका सामान्य ज्ञान सम्बन्धी कुरालाई जानकारी दिने उद्देश्यले ‘क्विज लिग’ संचालन गरिएको हो । जिल्लाका सवै माध्यामिक तहका विद्यालयमा पुगेर प्रथम राउण्डको लिग संचालन गरिने नेपाल विद्यार्थी संघ बागलुङ अध्यक्ष विशेष पराजुलीले जानकारी दिए । हरेक विद्यालयमा माध्यामिक तहमा अध्ययनरत सवै विद्यार्थीहरु सहभागी गराई पहिलो चरणमा तिन जना प्रतिस्पर्धी छानिनेछन त्यसबाट पालिका स्तरीय लिग सुरु हुनेछ भने पालिकाबाट फेरी जिल्लास्तरीय लिग संचालन हुने पराजुलीले बताए । ‘पहिलो चरणमा प्रत्येक विद्यालयका मावि तहका सवै विद्यार्थीलाई समेटिने छ, त्यहाँबाट तिन जना उत्कृष्ट प्रतियोगि छानिनेछन । सवै पालिकामा पहिलो राउण्ड सकिए सँगै पालिका स्तरीय क्विज हुनेछ । १० पालिकाबाट तीन÷तीन जना उत्कृष्टलाई जिल्ला स्तरीय लिगमा समावेश गरिनेछ ।’ विद्यालय स्तरीय पहिलो, पालिका स्तरीय दोस्रो र जिल्ला स्तरीय तेस्रो गरी तिन चरणमा प्रतियोगिता संचालन गरिने अध्यक्ष पराजुलीले बताए । प्रतियोगिताको फाईनल राउण्ड सम्म पुग्न झण्डै छ महिना लाग्ने उनले बताए । प्रतियोगितमा सामान्य ज्ञान सम्बन्धी कुराहरुलाई नै बढि जोड दिईने छ । प्रतियोगिता ४० पुर्णाङक अंकभार रहेको छ । आईतबार देखी सुरु भएको पहिलो दिनको कार्यक्रम जिल्ला सदरमुकाममा रहेको गुराँस विद्या सदन र चिल्डे«न लाईफ ईङलिस बोर्डिङ स्कुलबाट सुर भएको छ ।
गुराँस विद्या सदनमा भएको ‘क्विज लिग’ कार्यक्रममा बोल्दै नेपाल महिला संघ बागलुङका अध्यक्ष शकुन्तला शर्माले ‘क्विज लिगले विद्यार्थीको प्रतिभालाई थप उचाईमा पु¥याउने बताईन । उनले पाठ्क्रममा मात्र भएका कुरा भन्दा बाहिरी कुराले आम विद्यार्थीको ज्ञान र सिपमा थप टेवा पुग्ने बताईन । गुराँस विद्या सदनको प्रतियोगितमा ५२ जना सहभागी रहेका थिए । उनिहरु मध्ये सम्पदा चोखाल, अमृता क्षेत्री, चाँदनी केसी उत्कृष्ट भएका छन । त्यसैगरी चिल्डे«न लाईफ स्कुलमा भएको प्रतियोगितामा प्रविण कुँवर प्रथम, रोहित रेग्मी द्धितिय र अदित्य क्षेत्री तृतिय भएका छन । उत्कृष्ट तिन जना अब पालिका स्तरीय प्रतियोगितमा सहभागी हुन पाउनेछन । उत्कृष्ट भएका विद्यार्थीलाई गण्डकी प्रदेश सभा सदस्य एवं नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि डिल्लीराम सुवेदीले प्रदान गरेको सामान्य ज्ञान सम्बन्धी पुस्तक पुरस्कार स्वरुप प्रदान गरिएको छ । आगामी दिनमा हुने प्रतियोगितमा अझै थप सहयोग पुगोस भन्ने उद्देश्यले सामान्य ज्ञान सम्बन्धी पुस्तक नै पुरस्कारको रुपमा प्रदान गरिएको धौलागिरी बहुमुखी क्याम्पसका स्ववियु सभापति सुदिप सागर कंडेलले जानकारी दिए ।
कार्यक्रममा गुराँस विद्या सदनका प्रिन्सीपल निशान खड्काले यस्ता कार्यक्रमले विद्यार्थीको ज्ञान सिपमा थप सहयोग पुग्ने बताए ।
कार्यक्रम नेविसंघ बागलुङका अध्यक्ष विशेष पराजुलीको अध्यक्ष र स्ववियु सभापति सुदिप सागर कंडेलको संचालनम सम्पन्न भएको थियो ।