नगरखानेपानीद्वारा बक्यौता नतिरने उपभोक्तालाई कारवाही 

  • असार २६, २०८२

बागलुङ- बागलुङ नगरखानेपानी तथा सरसफाई उपभोक्ता समितिले खानेपानीको महशुलको बक्यौता नतिरनेलाई कारबाही गरेको छ । लामो समय देखी बक्यौता नतिरेका धारालाई काट्ने अभियान समेत संचालन गरेको छ । यस वर्ष  झण्डै ७० लाख बक्यौता संकलन गरेको संस्थाले लामो समयदेखि रकम भुक्तानी गर्न छुटेका उपभोक्ताबाट उक्त रकम संकलन गरेको हो । २०६४ सालदेखि महसुल नतिरेका उपभोक्तासँग बक्यौता यो बक्यौता रकम उठाएको हो । 
पानीको मिटर विगारेर चलाएको, मिटरभन्दा बाहिर पानी निकालेर खाएको र महसुल नतिरेको उपभोक्तालाई कारवाही गरेको जानकारी दिनुभयो । धौलागिरि प्रादेशिक अस्पताल, जिल्ला प्रशासन कार्यालय बागलुङ, धौलागिरि बहुमुखी क्याम्पस लगायतका ग्राहकले ठूलो सानो बक्यौता महसुल रकम तिरेको छ । संस्थाले पाँच सयभन्दा बढि उपभोक्ताबाट ग्राहकको लाइन काट्ने अभियानअन्तर्गत यो बक्यौता उठाएको हो । केन्द्रका प्रमुख रामु श्रेष्ठका अनुसार अभियानका क्रममा तीन सय ३० ग्राहकको लाइन काटिएको छ ।
बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले नागरिकलाई शुद्ध पानी खुवाउने काममा निरन्तर सक्रिय रहेको दावी गरेको छ । चालु वर्षको कार्य प्रगतिसहित संस्थाले खानेपानीको आपूर्तिमा कमी हुन नदिने बताएको हो ।  संस्थाका कार्यवाहक अध्यक्ष हरिबहादुर जिसीले पुराना पानीका मुहानलाई निरन्तरता दिंदै नयाँ आयोजनालाई पनि उपभोक्ताको हितमा उपयोग गरेको दाबी गरे । 
हाल निर्माणाधिन बागलुङ नगर सहलगानी खानेपानी आयोजना औपचारिक रुपमा पूरा नभए पनि नागरिकको आवश्यकतालाई ध्यानमा राखेर निरन्तर पानी खाने व्यवस्थापन मिलाएको जिसीले दाबी गरे । उक्त आयोजनाको म्याद सकिएको ५ वर्ष काटिसकेको छ । तोकेको समयमा काम सकिँदो हो भने २०७७ सालमै बागलुङ बजारबासीले काठेखोलाको लिफ्ट योजनाबाट पानी खान पाउँथे । ‘कन्काइ जयमाता संयुक्त निर्माण कम्पनी’ले ठेक्का समय सकिएको ५ वर्षमा पनि आयोजना पुरा भने नगरेको हो । पत्रकार सम्मेलनमा आयोजनाको ९६ प्रतिशत काम सकिएको दाबी गरिएको छ ।
खानेपानी तथा ढल निकास विभागले कन्सल्ट्यान्टमार्फत् यो आयोजनाको डिजाइन बनाएपछि २०७५ सालमा दुइ वर्षभित्र काम सक्ने गरी ‘कन्काइ जयमाता संयुक्त निर्माण कम्पनी’ले ३० करोड २६ लाखमा ‘बागलुङ नगर सहलगानी खानेपानी आयोजना’ निर्माण थालेको थियो । तोकेको समयमा काम नसकेपछि लागत बढेर अहिले ३४ करोड ६५ लाख लागत मूल्य पु¥याइसकेको छ । अझै ठेकेदारले योजना हस्तान्तरण गर्ने सुरसार गरेको छैन । यो आयोजनाका लागि अहिलेसम्म काठेखोलामा ५ वटा समवेल (पानी थिग्राउने ट्यांकी) बनाइएको छ । ५ लाख लिटरको एउटा र २ लाखका २ वटा आरबिटी ट्यांकी बनाइएको छ ।
दुइवटा स्लोसेन्ट ट्यांकी पनि बनेको छ । काठेखोलादेखि रात्माटाहुँदै भीरलाँकुरीसम्म लैजाने पाइपलाइनका लागि ‘डीआइ’ पाइप डिजाइन भएको छ । उक्त पाइप जडान गर्न नपाउँदै फुट्न थालेको हो । प्रतिसेकेण्ड ७० लिटर पानी लिफ्ट गर्ने योजना भएपनि अहिलेसम्म सबै पानी लिफ्ट नभएको हो । तत्काल पाइपलाइन नफेरेसम्म आयोजना सफल नहुने अवस्था आएपछि संस्था डेढ करोड करोड नोक्सानीमा परेको छ । संघिय खानेपानी तथा ढल निकास कार्यालयकी प्रमुख सोनम थापाले भने डिजाइन त्रुटि नभएको, भूगोल बाधक भएको दाबी गरे । ‘प्राविधिक रुपमा यो पाइप दिगो समयसम्म काम लाग्छ, खिया लाग्दैन,’ उनले भनिन्, ‘यहाँ मात्रै यो पाइप असफल भएको हो ।’
डीआइको तुलनामा जीआइ पाइप ५० प्रतिशत कमजोर हुने उनले बताइन् । यो आयोजनामा भने डीआइ पाइप फुटेको स्थानमा जीआइ पाइपले धानेको छ । ठेकेदार कृष्णहरि चौलागाईले काम सक्नै लागे पनि पाइप फुटेर हैरानी भएकोले बुझाउन नसकेको बताए । ‘यो भूगोलमा उपयुक्त छैन भन्ने निष्कर्षमा हामी पनि पुगेका छौं, यो पाइपको विकल्प त खोज्नैपर्छ,’उनले भने, ‘ठेक्का सम्झौताको विषय भएकोले हामीले त्यो बोल्न मिलेन, तर सरकारी निकायले ख्याल गर्नै पर्छ ।’
यो पाइपबाट पानी तानेर उपभोक्ताले नियमित खान नसक्ने उनले बताए । लिफ्टका लागि मात्रै झण्डै १ किमी डीआइ पाइप प्रयोग भएको छ । यो पाइप फुट्दा एउटा टुक्रा जोड्नका लागि मात्रै १० देखि १५ जना चाहिन्छ । नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानीमा यो आयोजना निर्माणाधीन छ । ३० प्रतिशत लगानीको २५ प्रतिशत नगर विकास कोषको ऋण सहयोग समेत जुटाइएको छ । यो आयोजना निर्माण नसकिए पनि उपभोक्ता समितिले वर्षमा ८० लाख रुपैयाँ साावाव्याज भुक्तानी गर्दै आएको छ ।
कावा अध्यक्ष हरिबहादुर जिसी ‘सन्तोष’ले यो वर्षपनि उक्त साँबाब्याज तिरेको बताए । यो आयोजनाकै कारण बानपा ३ को देउराली चोक र नारायण चोक क्षेत्रमा पहिरोको जोखिम छ । कैयौ घरछेवैमा पहिरो खस्न थालेपछि घरै छाड्ने समेत छन् । यो आयोजनाबाट अहिले सदरमुकामको वडा नंं १, २, ३ र ४ मा गरी ४ हजार १ सय धारा जडान भएका छन् । स्थायी र अस्थायी गरी ५० हजार जनसंख्याले यो पानी खाने जिसीले बताए । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय