बागलुङ- ऐतिहासिक धार्मिक शक्तिपिठ बागलुङ कालिका मन्दिर परिसरमा सोमबार बृक्षारोपण गरिएको छ । लुम्बिनी विश्वशान्ति मञ्चको सहयोगमा कालिका मन्दिर परिसरमा ५०१ रुद्राक्षका विरुवा रोपिएको हो । मञ्चको १० लाख वृक्षरोपण तथा संरक्षण अभियान अन्तरगत कालिका मन्दिर परिसरमा रुद्राक्षको विरुवा रोपिएको मञ्च अध्यक्ष बासु गौतमले जानकारी दिए । रुद्राक्षका लागि बागलुङ कालिका मन्दिर परिसरको जंगल उपयुक्त भएका कारण यसले धार्मिक पर्यटन सँग महत्व राख्ने भएको हुँदा यस क्षेत्रमा रुद्राक्षका विरुवा रोपिएको गौतमले बताए ।
बृक्षारोपण कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बागलुङ कालिका देशकै महत्वपुर्ण धार्मिक पर्यटकिय गन्तव्य भएको हुँदा यस क्षेत्रका रुद्राक्ष रोप्नु अति उपयोगी हुने बताए । उनले धार्मिक संस्कृति सँग जोडिएको रुद्राक्षले बागलुङ कालिकाको झनै गरिमा बढ्ने बताए । ‘रुद्राक्षले फल दिन थालेपछि यहाँ आउने दर्शनार्थीको अर्को आर्कषण रुद्राक्षकै माल बनाउन सकिन्छ नगरप्रमुख श्रेष्ठले भने,—‘यसले धार्मिक सँगै मन्दिरको थप नयाँ पहिचाहन बनाउने छ । विरुवा रोपिए सँगै यसको व्यवस्थापनका निम्ती मन्दिर व्यवस्थापन समितिले ध्यान दिन पनि जरुरी रहेको छ ।’
बृक्षारोपणका लागि राष्ट्रिय बाणिज्य बैंक एनएमबी बैंक सहयोग गरेका छन भने विरुवा रोप्ने कार्यका लागि नेपाली सेना र ससस्त्र प्रहरीले सहयोग गरेको वृक्षारोपण अभियानमा संलग्न युवा नेता सागर परियारले जानकारी दिए । कार्यक्रमा बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले मन्दिर जस्तो पवित्र स्थानमा धार्मिक कार्यकै लागि प्रयोग हुने रुद्राक्ष रोप्नु अति उपयोगी भएको बताए । कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतमा सम्पन्न कार्यक्रमको संचालन युवा नेता सागर परियारले गरेका थिए । मन्दिर परिसरमा रोपिएका विरुवाको संरक्षण गुठी व्यवस्थापनले गर्ने अध्यक्ष खड्काले जानकारी दिए । उनले रुद्राक्ष सँग जोडेर मन्दिरलाई नयाँ पहिचाहन बनाउन आफुले प्रयत्न थाल्ने बताए ।