बागलुङ- नेपाली काँग्रेसले संचालन गरेको ‘घरघर जाऔं काँग्रेस जिताऔं’अभियान अन्तरगत जिल्लाको जैमिनी नगरपालिकामा कार्यकर्तालाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । काँग्रेस जैमिनी नगरपालिकाको आयोजना र जिल्ला समितिको संयोजनमा सञ्चालित प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य एवं जैमिनी नगरपालिकाका नगरप्रमुख इन्द्रराज पौडेलले आगामी स्थानीय तहको निर्वाचनमा काँग्रेसको पक्षमा जनमत पार्नका निम्ति सबै सहभागी कार्यकर्तालाई दिन रात खट्न आग्रह गरेका थिए । उनले स्थानीय सरकार भनेको जनताको प्रत्यक्ष घरदैलोको सरकार भएका कारण जनताको काम गर्न हरेक तहमा काँग्रेसको नेतृत्व आवश्यक रहेको बताए । पौडेलले काँग्रेसले जनताको घरघरमा पुगेर उनीहरुका समस्या बुझेर सोही अनुसार सम्बोधन गर्ने गरी निर्वाचनमा होमिने बताए ।
प्रशिक्षण कार्यक्रमको नेपाली काँग्रेसका जिल्ला सचिव हरिहर शर्मा, पूर्व उपसभापति जगदिशचन्द्र उपाध्याय र क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेलले सहजीकरण गरेका थिए ,।
कार्यक्रममा काँग्रेस गण्डकी प्रदेश सदस्य मिना केसी, काँग्रेस बागलुङका सहसचिव ज्ञानकुमारी श्रीष शर्मा, गण्डकी प्रदेशका आमन्त्रित सदस्य नवराज पौडेल, महाधिवेशन प्रतिनिधि डिल्लीराम सुवेदी क्षेत्र नं. १ प्रदेश (ख) का सभापति दलबहादुर श्रीषले अबको निर्वाचनमा सबै एक भएर काँग्रेसको पक्षमा जनमत सिर्जना गर्न लाग्नुपर्ने बताए ।
कार्यक्रम नेपाली काँग्रेस जैमिनीका सभापति प्रेमप्रसाद सापकोटाको अध्यक्षता सचिव शिव श्रीषको स्वागत र सचिव बमबहादुर क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।